नापी कार्यालय भैरहवामा दुई जना विचौलिया पक्राउ

नापी कार्यालय भैरहवामा दुई जना विचौलिया पक्राउ

 

बुटवल । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई पक्राउ गरेको छ । सेवाग्राहीको काम छिटो गराइदिने बहानामा अतिरिक्त शुल्क असुल्दै आएका उनीहरूलाई आज प्रहरी टोलीले नियन्त्रणमा लिएको हो

पक्राउपर्नेमा रुपन्देहीको ओमसतिया गाउँपालिका ३ बस्ने ३२ वर्षीय शिव नारायण कुर्मी र रोहिणी गाउँपालिका ३ बस्ने ३० वर्षीय सुरेन्द्र मल्लाह रहेका छन् ।

उनीहरूविरुद्ध बिचौलिया गतिविधिमा संलग्न भई सेवाग्राहीबाट गैरकानुनी रूपमा रकम असुल गरेको आरोप लागेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दका अनुसार पक्राउ परेकामाथि थप अनुसन्धान कार्य जारी रहेको छ

प्रकाशित मिति : शुक्रबार, चैत्र २० २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij