पूर्णबहादुर खड्काको गगनलाई आग्रह- पार्टीको सम्पूर्ण एकताको तत्काल पहल गर्नुस्

पूर्णबहादुर खड्काको गगनलाई आग्रह- पार्टीको सम्पूर्ण एकताको तत्काल पहल गर्नुस्

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई पार्टीभित्रको सम्पूर्ण एकताका लागि तत्काल पहल गर्न विशेष आग्रह गरेका छन् ।

खड्काले सामाजिक सञ्जालमार्फत पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा दिएपछि कांग्रेसका नेता तथा कार्यकर्ताबीच सामाजिक सञ्जालमा भइरहेका टिप्पणीप्रति चिन्ता व्यक्त गर्दै एकताको पहल गर्न सभापति थापालाई आग्रह गरेका हुन्।

उनले मुलुकको राष्ट्रियता संकटपूर्ण अवस्थामा रहेको र लोकतान्त्रिक संविधानमाथि चुनौती देखिएको भन्दै यस्तो अवस्थामा कांग्रेसको सम्पूर्ण एकता नै अहिलेको पहिलो आवश्यकता भएको बताएका छन् ।

पार्टीभित्र सहिष्णुता, संवेदनशीलता र सहअस्तित्वको भावना विकास गर्दै संवाद र सहमतिमार्फत बलियो एकता कायम गर्नुपर्ने उनको भनाइ छ । व्यक्तिगत महत्वाकांक्षा, अहंकार, घमण्ड, प्रतिशोध र कुण्ठाबाट मुक्त भएर सामूहिक भावनाका साथ पार्टी एकताका लागि निर्णायक रूपमा अघि बढ्न उनले सबै नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

सर्वोच्च अदालतको पूर्ण इजलासले पुनरावलोकनका लागि दिएको निस्सालाई पार्टी एकताका लागि अन्तिम अवसरका रूपमा लिनुपर्ने खड्काले बताएका छन् ।

उनले सभापति गगन थापालाई विशेष आग्रह गर्दै भनेका छन्- ‘तपाईं हिम्मत र साहसका साथ तत्काल पार्टीको सम्पूर्ण एकताका लागि अग्रपंक्तिमा अग्रसर हुनुस्, हामी अरू सबै यसका लागि सहयोगी हौँ र बन्छौँ ।’

पार्टी एकताका लागि वातावरण निर्माण गर्न कांग्रेस तथा भ्रातृ र शुभेच्छुक संस्थाका सबै तहका नेता तथा कार्यकर्तालाई पनि खड्काले अपिल गरेका छन् । राष्ट्र रहे बहुदलीय लोकतन्त्र, पार्टी र आफूहरूको अस्तित्व रहने भन्दै उनले सामाजिक सञ्जालमा हुने आरोप–प्रत्यारोप र गालीगलौज बन्द गर्न आग्रह गरेका छन्

प्रकाशित मिति : सोमबार, साउन २५ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij