बुटवल ।
सैनामैना नगरपालिकाको आर्थिक सहयोगमा संचालित नेपाल नेत्र ज्योति संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा लायन्स क्लब अफ बुटवल द्दारा संचालित बुटवल लायन्स आँखा अस्पताल, बुटवल, सैनामैना नगरपालिका, लायन्स क्लब अफ सैनामैना सालझण्डी, आँखा उपचार केन्द्र सालझण्डीको संयुक्त आयोजनामा सैनामैना नगरपालिका को वडा नम्बर २ मा आज बृहत आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ ।
उक्त आँखा शिविरमा अस्पतालका प्राविधिक द्दारा कुल १४५ जना विरामीको आँखा परिक्षण गरिएको बुटवल लायन्स आँखा अस्पतालका व्यवस्थापक मनोज कुमार श्रेष्ठले बताउनुभयो।आँखा परिक्षण गरिएका मध्ये मा २३ जनामा मोतिविन्दु फेला परेका उहाले बताउनुभयो । मोतिविन्दु फेला परेका विरामीहरुलाई सैनामैना नगरपालिकाको सिफारिसमा बुटवल लायन्स आँखा अस्पतालमा निःशुल्क मोतिविन्दु शल्यक्रिया गरिने व्यवस्थापक श्रेष्ठ जानकारी दिनुभयो ।
प्रकाशित मिति : शुक्रबार, पुष १८ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्