JanataToday.com

Advertisment

SKIP THIS

लुम्विनी प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा सुरु

लुम्विनी प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा सुरु

बुटवल ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आज डायलोसिस सेवा शुभारम्भ भएको छ । डायलोसिस सेवाको एक कार्यक्रममा बिच प्रदेश ५का सामाजीक बिकास मन्त्री शुदर्शन बरालले शुभारम्भ गर्नुभएको हो ।

Image may contain: one or more people

डायलोसिस सेवा शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री बरालले विरामी भएर अस्पताल आउनु पुर्व मृगौला सम्वन्धी जनचेतना जगाउन आवश्यक रहेको बताउनुभएको छ । उहाले लुम्बिनी प्रादेशीक अस्पतालमा सेवा थप गर्दे लैजाने बताउनुभएउको हो। यसै बर्ष अस्पतालमा न्युरो सेवा बिस्तार गर्न गरेको पनि जानकारी उहाले दिनुभयो । मन्त्री बरालले हेमोडायलोसिस मात्र नभएर सबै सेवाको निरन्तरता जरुरी रहेको बताउनुभएको छ ।

Image may contain: 7 people, people standing, wedding and indoor

मन्त्री बरालले जनताको किड्नी बचाउनु सरकारको काम हो । बिभिन्न बाध्यताले आउने छन ठिक ढंगले उपचार गर्नु सरकारको कर्तब्य रहेको मन्त्रीको भनाई छ । उहाले एक जनामात्र नभएर समग्र टिमको कामबाट सफता मिल्ने भएकोले सबै जिम्बेवारीका साथ लाग्नुपर्ने बताउनुभयो ।

सेवा सुभारम्भ कार्यक्रममा लुम्विनी प्रादेशिक अस्पताल प्रमुख डा राजेन्द्र खनालले यस क्षेत्रको आशाको केन्द्रबिन्दु अस्पताल भएकोले सेवाको बारे सबैलाई सुसुचित गर्ने दायीत्व भएको बताउनुभयो डा खनालले अस्पतालको सेवामा कुनै कमी हुन नदिने बताउनुभयो ।

Image may contain: 6 people, people standing and indoor
लुम्बिनी प्रादेशीक अस्पतालका हेमोडायलोसिस बिभाग प्रमुख डा शक्ती बस्नेत डायलोसिस सवाको बारे जानकारी गराउनुभएको थियो । डा बस्नेतले अहिले ४ बेडबाट यो डायलोसिस सेवा दिने र पछि आबश्यकता अनुसार थप गर्दे लैजाने बताउनुभयो ।

Image may contain: 5 people, people smiling, people standing and suit
कार्यक्रममा सामाजीक बिकास मन्त्रालयका सचिब डा गोपिकृष्ण खनाल स्वास्थ्य निर्देशक डा बिनोद कुमार गिरी सामाजीक बिकास मन्त्रालय स्वास्थ्य महा शाखा प्रमुख डा उमा शंकर चौधरी लगायको सहभागीता रहेको थियो । कार्यक्रमको संञ्चालन नर्सिड अधिकृत ज्योति पौडेल गर्नु भएको थियो ।

प्रकाशित मिति : सोमबार, पुष २१ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij