JanataToday.com

Advertisment

SKIP THIS

क्रिमसन र लायन्स क्लवको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर

क्रिमसन र लायन्स क्लवको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर

तिलोत्तमा,
तिलोत्तमा–५, मणिग्राम स्थित क्रिमसन अस्पताल र लायन्स क्लव अफ सिद्धार्थनगर मिडटाउन कोटिहवाको सहकार्यमा तिलोत्तमा–१६, बेहुलीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । अस्पतालको प्राविधिक सहयोगमा क्लवले आयोजना गरेको शिविरमा स्थानीय एक सय १५ जनाभन्दा बढीले स्वास्थ्य परीक्षण गराएका थिए ।
सुगर रोगलाई लक्षित गरी आयोजना गरिएको शिविरमा सहभागी सबैको निःशुल्क सुगर परीक्षण गरिएको थियो । त्यसक्रममा ४४ जनालाई सुगर रोग देखिएकोमा निःशुल्क औषधि समेत प्रदान गरिएको छ । नेपालमा सुगर रोगका बिरामी बढ्दै गैरहेको सन्दर्भमा रोगको बारेमा जनचेतना अभिवृद्धि गराई सुगर प्रभावितहरुको उपचारलाई सहज बनाउने उद्देश्यले शिविर आयोजना गरिएको गरिएको हो ।
शिविरमा जनरल फिजिसियन डा. कृष्णचन्द्र गोदार नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो ।

क्लवका अध्यक्ष केशवसिंह चौधरीको अध्यक्षतामा भएको शिविर उद्घाटन कार्यक्रममा तिलोत्तमा वडा नं. १६ का वडाध्यक्ष झविलाल भुसालले स्वास्थ्य शिविर सञ्चालनमा सहकार्य गर्न वडा कार्यालय पनि इच्छुक रहेको बताउनुभयो ।
शालिकराम भण्डारीको संयोजन तथा भीम भट्टराईको स्वागतमा भएको कार्यक्रममा अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले यस्ता कार्यक्रमले समाजभित्र उपचारबाट वञ्चित बिरामीले केही हदसम्म भएता पनि उपचार सेवा प्राप्त गर्ने भएकाले सामाजिक संघ–संस्थाले आयोजना गर्ने स्वास्थ्य शिविरमा सहकार्य गर्न क्रिमसन अस्पताल सधै तयार रहने प्रष्टाउनुभयो । शिविरमा आएका बिरामीहरु अस्पतालमा थप उपचारका लागि आउँदा तोकिएको सेवा शुल्कमा सहुलियत प्रदान गरिने उहाँले जानकारी दिनुभयो । कार्यक्रममा कमलप्रसाद रेग्मी, डिबी थापा, शिव बस्याल, तारा छन्तेल, विष्णु पराजुलीलगायतले पनि बोल्नुभएको थिया

प्रकाशित मिति : आइतबार, पुष २७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij