सैनामैना
सैनामैना नगरपालिकाको छैठौ साधरणसभामा आज सम्पन्न भएको छ नगरप्रमुख चित्र बहादुर कार्किले सैनामैना नगरपालिकाको आ.व २०७३/०७४ को तुलनामा बजेटको आकार ८३७ प्रतिशतले बृद्धि भई चालु आ।व २०७६/०७७ मा कुल बजेट रु. ९० करोड ८५ लाख ५१ हजार रहेको बताउनभयो
त्यस्तै उहा ले हालसम्म शिक्षा सुधार अन्तरगत ७ वटा विद्यालय नजिकको विद्यालयमा गाभ्ने नीति अनरुप कक्षा कोठाको सिकाइलाई दिगो वनाउन विद्यालयमा सूचना प्रविधिको विकास र विस्तारमा जोड दिइएको छ । जस अन्तरगत प्रत्येक विद्यालयमा एउटा कम्प्यूटर ल्यावको स्थापना, अघिल्लो वर्ष २४१ र यसवर्ष २३० जना शिक्षकलाई सूचना प्रविधि तालिम दिएर सक्षम बनाइएको छ ।
यसैगरी १७१ कम्प्युटर, १८ थान ल्यापटप, १३ वटा स्मार्ट प्रोजक्टर र ७ वटा प्रिन्टर वितरण र २ वटा विद्यालयमा संघीय सरकारको सूचना प्रविधि ल्याव स्थापना गरी विद्यालयलाई सूचना प्रविधि मैत्री वनाइएको छ ।
विद्यालयमा जङ्कफुड निषेध गर्न नर्सरी देखि कक्षा ५ सम्मका वालवालिकाहरुलाई ३८१० थान टिफिनवक्स वितरण, ५० लाख वरावरको खेलकूद सामग्री र न्यानो कपडा वितरण गरिएको नगरपालिकाले जनाएको छ ।त्यस्तै
रुपन्देहीको सैनामैना नगरपालिका ७२ किलोमिटर सडक कालोपत्रे भएको जानकारी दिनुभयो । नगरप्रमुख कार्किले आ.व.२०७३/०७४ सम्म सैनामैना नगरभित्र जम्मा ५० कि.मि सडक कालोपत्रे रहेकोमा हालसम्म ७२ कि .मि सडक कालोपत्रे भएको उल्लेख गर्नुभयो ।
चालु आ.व. २०७६/०७७ को अन्त्यसम्ममा ९० कि।मि सडक कालोपत्रे गर्ने लक्ष्य लिइएको छ । आ।व। २०७४/०७५ मा बार्षिक ३ कि।मि सडक कालोपत्रे निर्माण दर रहेकोमा आ.व. ०७५/०७६ मा मात्र १५ कि।मि सडक कालोपत्रे निर्माण सम्पन्न हुने भएको छ । जुन ५०० प्रतिशत बृद्धि हुन आउदछ ।
नगरपालिकाले नया कालोपत्रे सडक निर्माण मात्र नभई पुराना कालोपत्रे सडकको संरक्षणमा र आधुनिक र उच्च प्रबिधियुक्त सडक निर्माण गरि सडकको दिगोपना र मर्मत खर्चमा कटौती गर्ने नीति लिएको छ ।
उक्त नीति अनुरुप हाल नगरमा संचालन हुने ठूला सडक आयोजनामा परम्परागत प्रबिधियुक्त प्रि मिक्स कार्पेटको सट्टा आधुनिक अस्फाल्ट कंकृट प्रबिधि प्रयोग भईरहेको छ ।
हालसम्म २ हजार ८७१ मिटर अस्फाल्ट कंकृट सडक निर्माण भईसकेको छ । बिगतमा ग्राभेल सडक मर्मतको नाममा सडकमा मिस्कट छर्ने परम्परालाई परिवर्तन गरि सडकको मापदण्ड बमोजिमको सडक क्षेत्र कायम गरि ग्रेडि¨ र रोलि¨ सहितको स्तर उन्नत ग्राभेल सडक निर्माण कार्य हुदै आएको छ बताइएको छ । हालसम्म ३०८ कि।मि सडक स्तरनोन्नती सम्पन्न भईसकेको छ ।
त्यसैगरी नगरको गौरवको रुपमा रहेको साविकका ३ गा.वि.स. समेट्ने गरी सैनामैना चक्रपथले समग्र क्षेत्रको ५२ कि।मि। मध्ये १६ कि।मि लम्वाईको यस आ.व. भित्र कालोपत्रे गर्ने योजना रहेको छ ।
मुर्गिया लुम्बिनी सडकको कालो पत्रे हुन बाँकी ६ कि.मी.सडकको निर्माण यस आ.व भित्र सम्पन्न गर्नको लागि प्रक्रिया अघि वढेको छ ।
सैनामैना नगरपालिकाले नगरमा लुम्बिनी सांस्कृतिक नगर निर्माण भएको पाि बताउनुभयो। नगरकोे वडा नंं ८ र ६ मा पर्ने पटना, भड्छा र मलमला क्षेत्रको तीनसय बिघा क्षेत्रफलमा एकिकृत जग्गा विकास योजना गरी आधुनिक र सुविधा सम्पन्न लुम्विनी साँस्कृतिक शहर निर्माण गर्ने नगरपालिकाको योजना छ । यसका लागि नगरप्रमुख चित्रबहादुर कार्कीको संयोजकत्वमा नगर विकास समिति गठन भएको छ । नगरपालिकाले शहरी विकास मन्त्रालय, प्रदेश नं ५ को आर्थिक मामिला तथा योजना मन्त्रालय र नगर विकास कोषसँगको सहकार्यमा एकिकृत जग्गा विकास योजना अघि बढाउने भएको छ । सार्वजनिक–नीजि–साझेदारी मोडलमा सांस्कृतिक नगर निर्माणको अवधारणा अघि सारिएको नगर प्रमुख कार्कीले बताउनुभयो ।
लुम्बिनी सांस्केतिक नगर निर्माणमा प्रदेश र संघीय सरकारबाट सहयोग गर्ने प्रतिवद्धता आएको बताउनुभयो । सांस्कृतिक नगरभित्र लुम्बिनीसँग सम्बन्धित सम्पदा झल्किने भौतिक पुर्वाधार भवनहरुबौद्धकालीन बंगैंचा, विशिष्टीकृत सेवा सहितको अस्पताल, पाँचतारे होटल, सपिङ मल, स्मार्ट बसपार्क लगायतका पुर्वाधारहरु बनाइने छ । यसको लागि प्रारम्भिक परियोजना प्रस्ताव तयार भैइरहेको कार्कीले बताउँदै सैनामैनालाई पर्यटन हबका रुपमा विकास गर्न पुरातात्विक क्षेत्रको संरक्षण, पुरातात्विक वस्तुहरुको संकलन र ऐतिहासिक क्षेत्रहरुको संरक्षण भइरहेको पनि नगर प्रमुख कार्कीले बताए। नगरपालिकाको नगर गुरुयोजना तुर्जमा गरी नगरको अल्पकालीन, मध्यमकालीन तथा दीर्घकालीन विकासका लक्ष्यहरु निर्धारण गर्ने नीति लिइए अुनुरुप गुरुयोजना निर्माणको प्रारम्भिक प्रतिवेदन तयार गरि नेपाल सरकारमा पेश भइसकेको कार्कीले बताउनुभयो । गुरुयोजनाले समेट्न नसकेका नगर यातायात गुरुयोजना, नगर प्रोफाइल, स्थानीय तहको सूचना प्रणाली, भू–उपयोग योजना नगरपालिकाबाटै परामर्शसेवा मार्फत तयार भइरहेका उनले बताए । आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति अनुरुप सार्वजनिक निजी साझेदारी अवधारणालाई कार्यान्वयन गर्न सार्वजनिक निजी साझेदारी ऐन जारी गरी लागु गरिएको उनले बताए ।
यस्तै पर्यटनको गन्तव्य क्षेत्रको रुपमा गत वर्ष नेपाल सरकारबाट स्वीकृत १०० ओटा नयाँ गन्तव्य स्थल मध्ये सैनामैनालाई समेत स्वीकृत गरेकोले सो पुरातात्विक क्षेत्र संरक्षणको लागि नियमित रुपमा पुरातात्विक वस्तुको सङ्कलन, ऐतिहासिक क्षेत्रको संरक्षण भइरहेको छ ।
सैनामैनामा संग्राहलय निर्माणको वृहत्त परियोजना प्रतिवेदन डिपिआरनिर्माण सम्पन्न भएको छ । नेपाल सरकारबाट यस वर्ष विनियोजित ५० लाखको लागतमा ऐतिहासिक क्षेत्र संरक्षणको लागि तारवार र सो स्थानमा जाने सडक स्तरोन्नती गर्ने कार्य अगाडि बढाइएको बताइएको छ ।
त्यस्तै स्थायी रुपमा फोहोरमैला व्यवस्थापन गर्नको लागि सैनामैना वडा नं १० को एक्ला पहाडमा रुपन्देही जिल्लाका १६ वटा स्थानीय तहको फोहोमैला व्यवस्थापन गर्ने
संयूक्त ल्याण्डफिल्ड साइट निर्माण परियोजनालाई सम्बन्धित निकायमा प्राथमिकतामा समावेश गरि नेपाल सरकारको विशेष अनुदान तर्फ रु ४ करोड ५० लाख विनियोजन भई कार्यान्वयनको चरणमा रहेको छ ।
एकीकृत वैज्ञानिक कृषि प्रणाली लागु गर्ने लक्ष्य लिइएकोमा प्रदेश सरकारको अनुदान सहयोगमा सैनामैना नगरपालिका वडा नं३ को गंगानगरमा रु५० लाखको लागतमा स्मार्ट पोल्ट्री फर्म स्थापना गरिएको छ ।
रु५० लाखको लागतमा वडा नं। ११ को तालिममा स्मार्ट कृषि गाऊँको स्थापना र रु२५ लाखको लागतमा वडा नं६ को भरतपुर सुखौरा क्षेत्रमा व्यवसायीक बाख्रापालनलाई निरन्तरता दिइने उप प्रमुख विना रानाले जानकारी दिनुभयो ।
प्रकाशित मिति : सोमबार, पुष २८ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्