कांग्रेसद्धारा सभामुख चयन प्रक्रिया चाँडो सुरु गर्न सत्तारुढ दल नेकपालाई आग्रह

कांग्रेसद्धारा सभामुख चयन प्रक्रिया चाँडो सुरु गर्न सत्तारुढ दल नेकपालाई आग्रह

काठमाण्डौ
नेपाली कांग्रेसले सभामुख चयन प्रक्रिया चाँडो सुरु गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपालाई आग्रह गरेको छ । आज बसेको कांग्रेस संसदीय दलको बैठकले ६ गतेबाट सुरु हुने भनिएको प्रतिनिधिसभा बैठकबाट नै सभामुख चयन प्रकृया सुरु गर्न आग्रह गरेको हो ।
कांग्रेसले संविधान अनुसार सभामुख र उपसभामुखको चयन गर्न पनि नेकपालाई आग्रह गरेको छ । संविधानमा भएको व्यवस्था अनुसार फरक दल र फरक लिङ्गको आधारमा सभामुख र उपसभामुख चयन नभए कांग्रेसलाई सैह्य नहुने चेतावनीसमेत दिएको छ ।
राष्ट्रियसभा संसदीय दलका नेता सुरेन्द्र पाण्डेले कांग्रेसले सभामुख चयनका विषयमा सत्तारुढ दलसँग छलफल पनि जारी रहेको बताउनुभयो । सभामुख उपसभामुख फरक दलको हुनुपर्ने व्यवस्था अनुसार कांग्रेसले पनि दुईमध्ये एकमा रुची राख्नु स्वभाविक भएकाले उहाँले बताउनुभयो ।
पाण्डेका अनुसार नेकपासँग यो विषयमा छलफल जारी रहेको र छलफलपछि मात्रै उम्मेदवार उठाउने नउठाउने निर्णय बैठकले गरेको छ । पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वअर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की रहेको समयमा भएको एमसीसी सम्झौता संसदबाट पारित हुनुपर्ने माग पनि कांग्रेसले गरेको छ ।
पार्टी सभापति देउवा र अन्य केन्द्रीय सदस्यहरुको नाम जोडेर गलत समाचार प्रकाशनमा आएको प्रति ध्यानाकर्षण भएको जनाउँदै कांग्रेस संसदीय दलको बैठकले यहि सदनबाट नै एमसीसी सम्झौता पारित गर्न आग्रह गरेको छ ।
कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार नउठाएका दलहरुलाई सहयोग गर्न पनि आग्रह गरेको छ । संसदीय दलका नेता पाण्डेले राष्ट्रियसभामा उम्मेदवार नउठाएका दलहरुले कांग्रेसलाई मतदान गरी सहयोग गर्न बैठकले आग्रह गरेको बताउनुभयो ।

प्रकाशित मिति : शुक्रबार, माघ ३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij