विश्वविद्यालय र कलेजहरुलाई कृषिसँग जोड्नुपर्छ : मन्त्री भुसाल

विश्वविद्यालय र कलेजहरुलाई कृषिसँग जोड्नुपर्छ : मन्त्री भुसाल

काठमाडौ ।

कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले विश्वविद्यालय र कलेजहरुलाई कृषिसँग जोड्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।
आज संसदको दिगो विकास समिति बैठकमा सांसदहरुसँगको छलफलका क्रममा मन्त्री भुसालले विश्वविद्यालय तथा कलेजहरुलाई कृषिसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभएको हो । नेपालमा कृषिसम्बन्धी अध्ययनरअध्यापन गराउने कलेज नै नभएको भन्ने भनाइ गलत भएको भन्दै मन्त्री भुसालले त्रिभुवन विश्वविद्यालय लगायतका विश्वविद्यालय र अन्य कलेजहरुलाई कृषिकर्मसँग जोड्नुपर्नेमा जोड दिनुभयो ।
सांसद प्रमिला कुमारीले बैठकमा नेपालमा कृषिसम्बन्धी अध्ययन गराउने कलेजहरु प्रयाप्त नभएको भन्दै जिज्ञासा राख्नुभएको थियो । जवाफमा मन्त्री भूसालले विश्वविद्यालय नै नभएको भन्ने कुरा सहि नभएको तर विश्वविद्यालय र कलेजहरुको शिक्षालाई कृषिकर्मसँग कसरी जोड्न सकिन्छ भन्नेमा समस्या रहेको बताउनुभयो । बजारमा कृषिको ठूलो जनशक्ति भए पनि त्यसलाई प्रयोग गर्न नसकिएको मन्त्री भुसालको भनाइ छ ।
मन्त्री भुसालले धानको उत्पादन बढाउन मन्त्रालय हरदम तयार रहेको बताउनुभएको छ । प्रोजेक्ट बनाउनेभन्दा उत्पादन बढाउने कुरामा मन्त्रालय तयार रहेको मन्त्री भुसालले बताउनुभयो ।

प्रकाशित मिति : शुक्रबार, माघ ३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij