बुटवल ।
प्रदेश ५ प्रदेश सभाको हिउँदे अधिवेशन शुरु भएको छ । आजबाट शुरु भएको प्रदेश सभाको पाँचौं अधिवेशनको पहिलो बैठकमा राजधानी र नामाकरणको विषयमा चर्चा भएको छ ।
प्रदेश सभामा बोल्ने प्रदेशसभा सदस्यहरुले जनताले कानुन बनाएको कुरा भन्दा पनि नाम र राजधानी पहिलो सोध्ने गरेकोले नाम र राजधानीको विषय यो अधिवेशनले टुंगाउनुपर्नेमा जोड दिए । बैठकमा प्रदेश सभा सदस्यहरुले संसद बैठक नियमित तथा निरन्तरताको लागि समेत सुझाव दिएका थिए । अधिवेशनमा दलका तर्फबाट सत्तारुढ दल नेकपा प्रदेशसभाका प्रमुख सचेतक भूमीश्वर ढकालले प्रदेशसभामा गठन भएको राजधानी तथा नामकरणसम्बन्धी उपसमितिले प्रस्तुत गर्ने प्रतिवेदनमाथि छलफल गरेर स्थायी राजधानी र नामकरणको विषय टुङ्गोमा पुग्ने उल्लेख गर्नुभयो । उहाँले विगतमा प्रदेशसभामा भएका अनेकौंँ विषय छलफलबाट नै समाधान भएको स्मरण गर्दै प्रदेशसभामा देखिने जुनसुकै विषय पनि छलफलबाट टुङ्गो लाग्ने विश्वास लिएको छु भन्नुभयो । विपक्षी दल नेपाली काँग्रेसका सचेतक निर्मला क्षेत्रीले जनमतको कदर गर्नका लागि पनि हिउँदे अधिवेशनले स्थायी राजधानी र नामकरणको विषय टुङ्गो लगाउने विश्वास व्यक्त गर्नुभयो । उक्त अधिवेशनमा प्रदेशसभाका सदस्य सन्तोष पाण्डे, फकरुद्दिन खाँन, दीपेश थारु र तारा जिसीले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । अधिवेशनमा प्रदेश प्रमुखबाट प्रदेशसभाको अधिवेशन आह्वान भएको पत्र सभामुख पूर्णबहादुर घर्तीले पढेर सुनाउनुभएको थियो । त्यस्तै चौथो अधिवेशनबाट पारित भई प्रदेश प्रमुखबाट प्रमाणीकरण भइआएको प्रदेश नं ५ प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी पत्र समेत सभामुख घर्तीले पढेर सुनाउनुभएको थियो ।
प्रकाशित मिति : आइतबार, माघ ५ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्