लर्ड बुद्ध डेण्टल क्लिनिकको शुभारम्भ

लर्ड बुद्ध डेण्टल क्लिनिकको शुभारम्भ

बुटवल ।
गुणस्तरिय विश्वसनियता र शुलभ दन्त सेवा हाम्रो प्रतिबद्धता भन्ने मुल उद्येश्यसहित बुटवल–६ अस्पताल लाईनमा लर्ड बुद्ध डेण्टल क्लिनिकको एक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ ।
प्रदेश ५ की प्रदेश सभा सदस्य माननीय तारा जिसीको प्रमुख आथित्यतामा रिबन काटी समुद्घाटन गरिएको हो ।
कार्यक्रममा बोल्दै सांसद जिसीले डेण्टल क्लिनिक शहरमा मात्रै सिमित नरहेर गाउँ–गाउँमा सेवा पुराउन आवश्यक रहेकोले प्रदेश सरकारले यसको लागि विशेष चासो राख्नु पर्ने बताउनुभयो् ।
कार्यक्रममा अखिल नेपाल उद्योग व्यापार संघका केन्द्रीय अध्यक्ष ढुण्डीराज शर्मा,बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष अनिल कुमार श्रेष्ठ, नेपाल डेण्टल हाईजेनिक एशोसियसनका महासचिव अमृत भुसाल,पशु क्वारेण्टाईन भेरहवाका प्रमुख डा.गान्धिराज उपाध्यायले संस्थाको उत्तरोत्तर प्रगतिको शुभकामना मन्तव्य राख्नुभएको थियो ।
विशेषगरी डेण्टल सर्जन डा. महिमा भुसाल, डा. दिनेश दर्नाल, डा. तिर्थ नारायण शाह र प्रेम शर्माको संयुक्त लगानीमा ५ जना दक्ष डेण्टल सर्जन डाक्टरहरुबाट सेवामा लर्ड बुद्ध डेण्टल क्लिनिक सञ्चालनमा ल्याईएको हो ।
क्लिनिकको बारेमा सञ्चालक डा. तिर्थ नारायण शाहले आफ्ना भनाईहरु राख्नुधएको थियो ।
आधुनिक उपकरणहरुको प्रयोगबाट दातको सामान्य उपचारदेखि जटिल समस्याको समाधान ग्राहक महानुभावहरुलाई लर्ड बुद्ध डेण्टल क्लिनिकले दिनेछ ।
शुभारम्भको अवसरमा उपचार गर्न आउने विरामीका लागि क्लिनिकले ३० प्रतिशत छुटको व्यवस्था गरेको छ ।
लोकराज भुसालको अध्यक्षतामा, स्वागत मन्तव्य सञ्चालक डा. दिनेश दर्नालले गरेका थिए भने कार्यक्रमको सञ्चालन सञ्चालक डा. महिमा भुसालले गर्नुभएको थियो ।

प्रकाशित मिति : शनिबार, माघ ११ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij