सरकारले उपलब्धीमुलक काम गर्न सकेन :काँग्रेसका केन्द्रीय सदस्य थापा

सरकारले उपलब्धीमुलक काम गर्न सकेन :काँग्रेसका केन्द्रीय सदस्य थापा

नवलपरासी ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले दुई तिहाईको वर्तमान सरकारले कुनै उपलब्धीमुलक काम गर्न नसकेको आरोप लगाएका छन् ।
पूर्वमन्त्रीसमेत रहेका थापाले वर्तमान सरकार नै नेपाली जनताको पक्षमा नरहेको आरोप लगाउँदै सरकारले देशलाई कुन बाटोमा हिँडाउँदै छ भन्ने थाहा पाउनै मुस्किल हुन लागेको बताए ।
उनले भने, ‘नेपालमा यतिबेला केपी ओली प्रधानमन्त्री भएको सरकार इतिहासमै सबैभन्दा बलियो सरकार हो तर, पनि यो सरकारले नेपाली जनताको पक्षमा कुनै काम गर्न सकेन, यसले आशा लाग्दो कुनै पनि काम देखाउन सकेन ।’
त्यसैगरी उनले नेपाली काग्रेसले पनि सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेकाले नेपाली लोकतन्त्र र नेपाली नागरिक अप्ठ्यारोमा परेको बताए ।
सोमबार पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा देवचुली जेसिजको पद हस्तान्तरण कार्यक्रममा बोल्दै उनले युवाहरुलाई विदेश पलायन हुनबाट नरोकेसम्म मुलुक परिवर्तन हुन नसक्ने समेत दावी गरे ।
नेपाली युवायुवती रोजगारको शिलशिलामा वा अन्य कुनै शिलशिलामा विदेश पलायन भैरहँदा मुलुकले ठुलो नोक्सान ब्यहोर्नु परेको बताउँदै उनले युवाहरुको विदेश पलायन रोक्न सरकार नै गम्भीर हुनु पर्नेमा जोड दिए ।

प्रकाशित मिति : मंगलबार, माघ १४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij