JanataToday.com

Advertisment

SKIP THIS

कोरोना भाइरस रोकथामका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा तीनवटा समिति गठन

कोरोना भाइरस रोकथामका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा तीनवटा समिति गठन

काठमाडौं ।
विश्वमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि नेपालमा त्यसको रोकथामका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीनवटा समिति गठन गरेको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको अध्यक्षतामा उच्चस्तरीय अनुगमन समिति, स्वास्थ्य सचिव खगराज बरालकोको अध्यक्षतामा निर्देशक समिति र गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा .दीपेन्द्ररमण श्रेष्ठको अध्यक्षतामा स्वास्थ्य प्राविधिक समिति गठन भएको छ ।
मन्त्री ढकालको अध्यक्षतामा बसेको विभिन्न मन्त्रालयका सचिव तथा स्वास्थ्य मन्त्रालयका अधिकारीको बैठकले कोरोना भाइरस रोकथामका लागि समिति गठन गरेको हो ।
समितिको सदस्यहरूमा सबै मन्त्रालयका सचिव तथा महाशाखा प्रमुख रहनेछन् । अनुगमन समितिले कोरोनाको रोकथामको लागि विभिन्न निकायले गरिरहेका कामहरूको अनुगमन गर्नेछ ।
समितिमा मन्त्रालयका तीनै विभागका महानिर्देशक, सबै महाशाखाका निर्देशक, टेकु अस्पतालका निर्देशक, स्वास्थ्य अन्तर्गतका सवै परिषदका अध्यक्षहरु पदेन सदस्य तोकिएको छ ।

प्रकाशित मिति : शुक्रबार, माघ १७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij