सैनामैना ।
सैनामैना नगरपालिका को आर्थिक सहयोग तथा नेपाल नेत्र ज्योति संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा लायन्स क्लब अफ बुटवल द्दारा संचालित बुटवल लायन्स आँखा अस्पताल, बुटवल एवम् लायन्स क्लब अफ सैनामैना सालझण्डी र आँखा उपचार केन्द्र सालझण्डीको संयुक्त आयोजनामा मिति २०७६ पौष १६ गते देखी २०७६ माघ १७ गते सम्म बृहत निःशुल्क आँखा शिविर कार्यक्रम गरि वडा नम्बर १ देखि ११ सम्मका नगरवासीहरुलाई आँखा उपचार सेवा दिईएको छ ।
उक्त कार्यक्रममा अस्पतालका प्राविधिकहरु द्दारा कुल १७३८ जना विरामीको आँखा परिक्षण गरिएको थियो जसमा कुल २०३ जनामा मोतिविन्दु फेला परेको थियो । उक्त मोतिविन्दु फेला परेका विरामीहरुलाई सैनामैना नगरपालिकाको सिफारिसमा बुटवल लायन्स आँखा अस्पताल, बुटवलमा निःशुल्क मोतिविन्दु शल्यक्रिया लगायत औषधि तथा चश्मा वितरण गरिएको अस्पतालका बाह्य कार्यक्रम संयोजक श्री मनोहर न्यौपानेले जानकारी गराउनु भयो ।
प्रकाशित मिति : आइतबार, माघ १९ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्