काठमाडौं ।
सरकारले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको छानविनदेखि मुद्दा दायरसम्ममा कसैलाई विभेद नगरेको दाबी गरेको छ ।मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा नियमित पत्रकार सम्मेलनमा मन्त्री गोकुल बाँस्कोटाले ललिता निवास जग्गा प्रकरणको छानविनमा ‘लाल फित्ताधारी र श्वेत फित्ताधारीको व्यवहार’ नगरेको दाबी गर्नुभयो ।कांग्रेस उपसभापति विजयकुमार गच्छदारमाथिको कारबाही पूर्वाग्रही भएको भन्दै कांग्रेस आन्दोलित बनेको बेला मन्त्री बाँस्कोटाले उनीमाथि विभेद नभएको दाबी पनि गर्नुभयो ।यहाँ लालफित्ताधारी र श्वेत फित्ताधारीको व्यवहार नभएको बताउँदै उहाँले कानुन प्रयोजनको कुरा रहेको स्पष्ट पार्नुभयो ।
प्रकाशित मिति : बिहिबार, माघ २३ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्