संविधान लोकतन्त्रलाई कमजोर बनाउने काम कहीँ कतैबाट भए प्रतिकारमा उत्रने कांग्रेसको चेतावनी

संविधान लोकतन्त्रलाई कमजोर बनाउने काम कहीँ कतैबाट भए प्रतिकारमा उत्रने कांग्रेसको चेतावनी

काठमाडौं
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान लोकतन्त्रलाई कमजोर बनाउने काम कहीँ कतैबाट भए प्रतिकारमा उत्रने चेतावनी दिएको छ। प्रतिनिधिसभाको मंगबारको बैठकमा बोल्दै नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले लोकतन्त्रलाई कमजोर पार्ने गरी संवैधानिक अंगहरूबाट काम भए कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएकी हुन्। ुलोकतन्त्रलाई कमजोर गराउने गरी यदि कसैले काम कारबाही गर्छ भने प्रमुख प्रतिपक्षी दल चुप लागेर बस्दैन। यही संसदबाट विरोधका गतिविधिलाई गरेर सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँछ। कुनै पनि संवैधानिक अंगहरुले सरकारको प्रभावमा परेर कुनै पनि गलत काम गर्नुहुँदैन,निर्णय गर्नुहुँदैनु, उनले भनिन्, ुसरकारको छाया बन्‍नु हुँदैन। यदि त्यो भयो भने लोकतान्त्रिक अभ्यास फेरि कमजोर हुँदै जान्छ र त्यहाँ जनताको अधिकार सुनिश्चित हुदैन। संविधानअनुसार गठन भएको संवैधानिक अंग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको प्रभाव र राजनीतिक पूर्वाग्रहमा परेर माघ २२ गते नेपाली कांग्रेसका उपसभापति एवं संसदीय दलका उपनेता बिजयकुमार गच्छदारमाथि भेदभावपूर्ण ढंगबाट विशेष अदालतमा आरोप पत्र दायर गरेको जिकिर गरिन्। ुआयोगले अधिकार क्षेत्रभन्दा बाहिर गएर नेपाल सरकारबाट प्रभावित भएर पूर्वाग्रहपुर्ण ढंगले, राजनीतिक पूर्वाग्रह साँधेर मुद्धा दायर गरेको कुरा आरोप पत्रको व्यवहोरा पढ्दा स्पष्ट भएको थियो। अख्तियारले राजनीतिक पूर्वाग्रहमा परेर सरकारको छायामा परि आरोपपत्र दायर गरेको कुराको पुष्टि स्वयं नेपाल सरकारले गर्‍योु, उनले भनिन्, ुनेपाल सरकारको प्रवक्ता तथा सूचनामन्त्रीले भनेन्नुभयो। यो सरकारको ठूलो उपलब्धि हो भनेर। सरकारले अख्तियारको काम माथि फेरि धावा बोल्यो। यदि सरकारको उपलब्धि हो भने संविधानमा यस्ता संवैधानिक अंगको परिकल्पना किन गरियोरुु अख्तियारले प्रतिशोधमा परेर मुद्धा दायर गरेको सर्वसाधरणले पनि थाहा पाएको भन्दै उनले अख्तियारको कामलाई आफ्नो उपलब्धि भनेर भन्ने सरकारसँग जवाफ माग गरिन्। ुसरकारले यस्तो अभिव्यक्ति किन दिएको हो भन्‍ने कुरा पनि सदनले जानकारी माग्‍न चाहन्छ।ु उनले भनिन् ुसंवैधानिक अंगले प्रतिशोध साँधेर सरकारको प्रभावमा आएर यति त्यस्ता निर्णयहरू गर्छन् भने हामी प्रतिपक्षी दलहरू त्यस्ता कामलाई नजिकबाट नियालेर बसेका छौँ।ु उनले संविधानवाद्, लोकतान्त्रिक मूल्यमान्यताविपरीत राजनीतिक प्रतिशोधको आधार कसैलाई वैचारिक द्वन्द्वको आधारमा, कसैलाई जग्गा फिर्ता गरेको नाममा मुद्दा नचलाउने अख्तियारको कार्यशैलीमाथि प्रतिपक्षी दलको गम्भीर आपत्ति र गम्भीर विरोध भएकाले संसदलाई अवरोध गरेको स्मरण गराउँदै संसद् अवरुद्धको कार्य स्थगित गरिएको जानकारी गराएकी थिइन्। यसअघि नेपाली कांग्रेसको संसदीय दलको बैठकले आफ्ना भनाई राख्दै प्रातिनिधिसभाको बैठक सुचारु हुन दिने निर्णय गरेको थियो। यसअघि नेपाली कांग्रेसको केन्द्रीय समितिको सोमबार बसेको बैठकले राजनीतिक र कानुनी लडाइँ एकसाथ लड्ने निर्णय गरेको थियो।

प्रकाशित मिति : मंगलबार, माघ २८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij