प्रदेश ५ मा दुइवटा अस्पताललाई विशेषज्ञ सेवाको विकास गर्न प्रदेश सरकार लागि परेको छ:मुख्यमन्त्री पोख्रेल

प्रदेश ५ मा दुइवटा अस्पताललाई विशेषज्ञ सेवाको विकास गर्न प्रदेश सरकार लागि परेको छ:मुख्यमन्त्री पोख्रेल

दाङ ।
मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश ५ मा दुइवटा अस्पताललाई विशेषज्ञ सेवाको विकास गर्न प्रदेश सरकार लागि परेको बताउनुभएको छ दाङको लमहीमामा स्थापना भएको लमही डायलासिस सेन्टरको आजउद्घाटन गर्दै मुख्य मन्त्री पोख्रेलले लुम्बिनी प्रदेशीक अस्पतालबाट शुरुवात गरेर दाङको अस्पतालमा सम्म पुर्रयाउने बताउनुभयो ।
रोटरी क्लव अफ सेन्ट्रल बुटवल र रोटरी क्लव अफ लमहीको सहयोगमा गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाद्धारा संचालित लमही सामुदायिक डायलासिस सेन्टरको उद्घाटनको क्रममा मुख्यमन्त्री पोख्रेलले संगै रहनुभएका लमही नगरपालिका प्रमुखलाई संकेत गरेर लमहीको रातोडाँडा क्षेत्रको पलानिङ क्षेत्रलाई बजार क्षेत्रको रुपमा विकास गर्न निर्देशन नै दिनुभएको छ । बजार बनाउने ठाउँमा बस्ती बनाएका छौ, बस्ती बनाएका ठाउँमा बजार बनाएका छौ, विशेषगरी लमही नगरपालिका त्यसमा पनि मेयरलाई भन्नु चाहान्छु, तपाइहरुले लमहीको प्लानिङ क्षेत्रलाई बजारको रुपमा विकास गर्नुस, मुख्य मन्त्री पोख्रेलले भन्नुभयो । सामुदायिक संस्थाको उदेश्य नै सामुदायिक रहेको गैर नाफामुलक रहेकाले उदेश्य भन्दा फरक ढङगबाट चले कानुन बमोजिम हुने भएकाले अनावश्यक राम्रो सेवा पु¥याइरहेको सामुदायिक स्वास्थ्य संस्थालाई शंका नगर्न आग्रह गर्नुभयो । नगरपालिकाले आयश्रोत बढाउनको लागि ब्यपार बढाउन आवश्यक रहेको भन्दै व्यापारिक क्षेत्रलाई बस्तीमा विकास गरेर नगरपालिकाको विकास नहुने बताउनुभयो । राती सुत्न आउनेले कर तिर्दैनन, ब्यपार बढेपछि कर स्वत बढ्छ जस्ले नगरपालिकाको आम्दानी बढ्छ, पोख्रेलले भन्नुभयो ।उहाले समृद्ध नेपालको लागि स्वस्थ्य जनशक्ती आवश्यक रहेको बताउनु भएको छ । स्वस्च्छ जनशक्तीबाट मात्र मुलुकको समृद्धि सम्भव भएको बताउनुभयो । नेपालमै काम गर्न अप्ठेरो मान्ने र सानो कामको लागि अन्य देशमा गएर ज्यानको मायाँ मारेर काम गरी रोग निम्ताउने प्रचलन बढेको छ, स्थानीय स्तरमै उत्पादन नगरी रेमिटान्सबाट मात्र देश चल्न सक्दैन, मुख्यमन्त्री पोख्रेलले भन्नुभयो । स्वास्थ्य संस्थाको सबलीकरणको लागि स्वास्थ्य विमा प्रभावकारी बनेको बन्दै स्वास्थ्य विमाले अस्पतालको जटीलता कम बनाएको बताउनुभयो ।
प्रदेश सरकारले कुनैपनि सामुदायिक संस्थाको लागि भौतिक पूर्वाधार वनाउने काममा पछाडी नहट्ने दावी गर्दे मुख्य मन्त्री पोख्रेलले त्यी संस्था उद्धेश्य अनुसार नियमित संचालन आउनुपर्ने बताउनुभयो । मुख्यमन्त्री पोख्रेलले डायलासिस सेन्टरमा उपचार गराइरहेका बिरामीसंग साक्षत्कार गर्नुभएको थियो । मुख्यमन्त्रीले आफुहरुसंग साक्षत्कार गरेपछि बिरामीपनि खुसी भएका थिए । मुख्यमन्त्रीले सन्चो विसन्चो सोध्नुभयो राष्ट्रकै अभिभावक सामुन्ने आउजस्तो लाग्यो,यसरी मन्त्री साँसद अस्पतालमै आएर सोधखोज गर्दा खुसी लाग्दो रहेछ, लमहीमा डायलासिस गराइरहनु भएकी कृष्णा नेपालीलले भन्नुभयो । यस्तै कार्यक्रममा विशीष्ट अतिथि रोटरी क्लवका डिस्ट्रीक गर्भनर किरणलाल श्रेष्ठले क्लवले स्वास्थ्य, शिक्षा,खानेपानी, शान्ती स्थापना र व्यपार प्रवद्र्धनको क्षेत्रमा काम गरिहेको जानकारी दिनुभयो । यस्तै प्रतिनिधिसभा सांसद सुजिता शाक्यले पालिका स्तरमा आधारभुत स्वास्थ्य सेवा पु¥याउने सरकारको योजनालाई सामुदायिक संस्थाहरुको ठूलो भूमिका रहेको चर्चा गर्नुभयो । सरकारले स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरिहेको जानकारी दिदै उहाँले सरकारबाट वितरण गरेका उपकरणको उचित व्यवस्थापन नहुँदा समस्या हुने गरेको बताउनुभयो । कार्यक्रममा प्रदेश साँसद रेवतीरमण शर्मा,विष्णु पन्थी,रोटरी क्लव बुटवलका अध्यक्ष राजेन्द्र कार्की,रोटरी क्लव लमहीका अध्यक्ष रवीलाल आचार्य,लागयतले शुभकमना मनत्वय व्यक्त गर्नुभएको थियो ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन १ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij