चीनमा कोरोना भाइरसका कारण १७७० को मृत्यु

चीनमा कोरोना भाइरसका कारण १७७० को मृत्यु

 काठमाडौं – चीनमा कोरोना भाइरस संक्रमणका कारण सोमबारसम्म १७ सय ७० जनाको मृत्यु भएको छ ।

सोमबारमात्र १ सय ५ जनाको मृत्यु भएको छ भने २ हजार ४८ जनामा संक्रमण देखिएको छ । चीनमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ७० हजार ५ सय ४८ पुगेको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन् ।

कोरोना भाइरसको उद्गमस्थल मानिएको हुवेई प्रान्तमा सोमबार एक सय जनाको मृत्यु भएको छ भने १ हजार ९ सय ३३ जनामा संक्रमण देखिएको छ । संक्रमितमध्ये १ हजार ६ सय ९० जना हुवेई प्रान्तको राजधानी वुहानमा नै रहेका छन् ।

हुवेईको स्वास्थ्य आयोगका अनुसार हुवेईमा मात्र मृत्यु हुनेको संख्या १ हजार ६ सय ९६ जना र संक्रमितको संख्या ५८ हजार १ सय ८२२ जना रहेका छन् ।

चीनसमेत विश्वभर गरी कोरोना भाइरस संक्रमणका कारण सोमबारसम्म मृत्यु हुनेको संख्या १ हजार ७ सय ७५ पुगेको छ ।

कोरोना भाइरसको संक्रमणविरुद्ध चिनियाँ कम्युनिस्ट पार्टीका हुबेई प्रमुख यिङ योङले कडा कदम चालेका छन् । पार्टीको प्रान्तीय प्रमुख भएपछि उनले पहिलो कदमस्वरुप कर्मचारीको धेरै तत्कालै काम गर्न सक्ने संयन्त्र निर्माण गरेका छन् ।

उनले भनेका छन् रोग नियन्त्रणका लागि चिकित्सकीय सेवा र स्वास्थ्य शिक्षा तुरुन्तै पुर्‍याउनुपर्ने अवस्था छ ।

प्रकाशित मिति : सोमबार, फाल्गुन ५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij