सफाइ पाएपछि महराले भनेः सहयाेग गर्ने सबैलाई धन्यवाद

सफाइ पाएपछि महराले भनेः सहयाेग गर्ने सबैलाई धन्यवाद

काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख कृष्ण बहादुर महरालाई बलात्कार प्रयासको मुद्दामा सफाइ दिएको छ। न्यायाधीश अम्बरराज पौडेलको एकल इजलासले सोमबार महराविरुद्धको मुद्दामा फैसला गर्दै सफाइ दिएको हो।

अभियोगमा गरिएको मागदाबीमा प्रमाण नपुगेको भन्दै जिल्ला अदालत काठमाडौंले महरालाई बलात्कार प्रयासको आरोपमा सफाइ दिएको हो। अदालतबाट सफाइ पाएलगत्तै छोटो प्रतिक्रिया दिँदै महराले सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।
ःबजबचबवष्

आइतबार महराका पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दीनमणि पोखरेल, भीमार्जुन आचार्यलगायत ८ वकिलले बहस गरेका थिए। सरकारी पक्षबाट उमाकान्त खनाललगायत वकिलले जवाफ दिएका थिए।

महराविरुद्ध करणी प्रयासमा ५ वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको भन्दै थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैद सजाय माग गर्दै अभियोगपत्र दायर गरिएको छ। फैसलापछि महरालाई डिल्लीबजार कारागार लगिएको छ।

यस्तो थियो घटना
गत असोज १२ गतेर संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीले महराले आफूलाई जबर्जस्ती करणी प्रयास गरेको बताएकी थिइन्।

त्यही काण्डले महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए।उजुरी दर्ता भएपछि उनी असोज १९ गते पक्राउ परे। तत्कालीन जिल्ला न्यायाधीश सुर्दशनराज पाण्डेको इजलासले महरालाई कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो।

जिल्ला अदालतको आदेशविरुद्ध महराले उच्च अदालत पाटनमा पुनरावेदन दिए पनि जिल्लाकै आदेश सदर भयो।

अदालतमा बयान दिँदा भने आरोप लगाउने शाहीले महराले आफूलाई करणी प्रयास नगरेको बताएकी थिइन्। उनले सोही विवरणको निवेदन समेत अदालतमा दिएकी थिइन्।

प्रकाशित मिति : सोमबार, फाल्गुन ५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij