ओली-दाहाल भेटवार्ता : संविधान संशोधनदेखि एमसिसीसम्म छलफल

ओली-दाहाल भेटवार्ता : संविधान संशोधनदेखि एमसिसीसम्म छलफल

काठमाडौं
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा ओली र प्रचण्डबीच बुधबार बिहान भेटवार्ता भएको हो। पार्टीभित्र छेडिएका विवादित बिषयलाई टुंगोमा पुर्‍याउन ओली र प्रचण्डबीच छलफल भएको बताइएको छ। गत शनिवार बसेको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाएर प्रधानमन्त्री बन्ने बाटो खुला गर्न संविधान संशोधन कार्यदल गठनको प्रस्ताव अघि सारेको समाचार बाहिर आएपछि त्यसको आलोचना र त्यसलाई लिएर नेकपामा विवाद चुलिएको छ। प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार संविधान संशोधन, गौतमलाई राष्टियसभामा लाने, एमसिसीको विषयमा नेकपा कार्यदलले बुझाएको प्रतिवेदन, निर्वतमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरण, पार्टी एकताको बाँकी कामलगायतको विषयमा अध्यक्षद्वयबीच छलफल भएको हो। नेकपा वरिष्ठ नेता माधव नेपाल संयोजकत्वमा स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्बाङ, केन्द्रीय सदस्य खिमलाल देवकोटाको संविधानन संशोधन कार्यदल गठन गरेको समाचारहरु बाहिरिएको थियो। तर, पार्टीबाट आधिकारी निर्णय नआएको र व्यक्तिका लागि संविधान संशोधन गर्न नमिल्ने भन्दै कार्यदल सदस्य भनिएका नेम्बाङ र देवकोटाले कार्यदलमा बस्न अस्विकार गरेका थिए। यस्तै, अमेरिकी परियोजना एमसिसी अध्ययन कार्यदलले बुझाएको प्रतिवेदनमाथि पनि छलफल भएको छ। कार्यदलले बिनासंशोधन संसदबाट पारित गर्न नहुने सुझाव दिएको थियो। नेकपाका शीर्ष नेताहरु पनि त्यसकै पक्षमा देखिएका छन्। प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीचको छलफलपछि नेकपाको सचिवाल बैठक बसिरहेको प्रधानमन्त्रीको प्रेस सल्लाकार सूर्य थापाले थाहाखबरलाई जानकारी दिए। बैठकमा बाँस्कोटाको अडियो प्रकरण, एमसिसीका सम्बन्धमा सुझाव कार्यदलले बुझाएको प्रतिवेदन र नेकपाको भावी कदमको बविषयमा छलफल हुने बताए।

प्रकाशित मिति : बुधबार, फाल्गुन १४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij