१४ बुँदे लुम्बिनी घोषणा पत्र जारी गर्दै सकियो सझाको राष्ट्रिय भेला

१४ बुँदे लुम्बिनी घोषणा पत्र जारी गर्दै सकियो सझाको राष्ट्रिय भेला

 

बुटवल
संगठन बिस्तार तथा सुदृढिकरण,२०७८ जेठमा महिना पछि महाधिवेशन गर्ने,भ्रष्टाचार अभियानलाइ सशक्त पार्ने,उचपदस्थ राजनीतिककर्मी तथा प्रशासक,कर्मचारीको सम्पत्ती छानबिनको माग लगायतका निर्णय गर्दै साझा पार्टीको राष्ट्रिय भेला शनिबार सकिएको छ । लोकतान्त्रिक अधिकारको संरक्षण र सम्बृद्धिका सपना पुरा गर्ने सवालमा सरकार असफल भएको र प्रतिपक्ष दल पनि आफनो भुमीकामा चुकेको निश्कर्ष सहित राष्ट्रिय भेलाले १४ बुँदे लुम्बिनी घोषण पत्र जारी गरेको छ ।
शनिबार बुटवलमा लुम्बिनी घोषणा पत्र सार्वजनिक गर्दै पार्टीका संयोजक रबिन्द्र मिश्रले गोकुल बास्कोटा भ्रष्टाचार काण्डमा प्रधानमन्त्री केपि शर्मा ओली न्यायधिश बन्न खोजेको बताउनु भयो । ‘कुनैपनि भ्रष्टाचार काण्डमा मुछिएको व्यक्तिलाइ प्रधानमन्त्रीले उनी निर्दोश छन । संलग्नता छैन भनेर अभिव्यक्ति दिने होइन । प्रमाण छ र छैन भनेर बोल्ने होइन’ ।‘प्रधानमन्त्रीले त निश्पक्ष छानबिन गर्छौ भन्नु पथ्र्यो’ मिश्रले भन्नुभयो। बास्कोटा काण्डको निश्पक्ष छानबिन हुनु पर्ने र मुद्या चलाइनु पर्नेमा आफनो पार्टी स्पष्ट रहेको भन्दै उनले यो घटनाको निश्पक्ष छानबिन भए लहरो तान्दा पहरो गर्जीने दावी मिश्रको छ । चप्पल लगाएका र झुपडीमा बसेका नेताहरुले एकाएक कसरी काठमान्डौमा महल ठड्याए भन्ने प्रश्नको जवाफ यस्तै काण्डहरुले दिइरहेको पनी उहाँले बताउनु भयो ।
राष्ट्रिय भेलाले २०७८ को जेठमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।संगठन बिस्तार र सुदृढिकरणलाइ जोड दिएको छ । समान सोच भएका व्यक्ति,राजनीतिक शक्ति तथा पार्टीहरुसंग सहकार्य र एकताकालागि पहल गर्ने निर्णय भेलाले गरेका छ । भ्रष्टाचार बिरोधी अभियानलाइ शसक्त बनाउने र २०४६ सालपछिका उच्चपदस्त राजनीतिकर्मी, प्रशासक र कर्मचारीहरुको सम्पत्ती छानबिन हुनु पर्ने माग भेलाले गरेको छ ।
धर्मनिरपेक्षता र संघियताको सम्बन्धमा पार्टी जनमत संग्रहको पक्षमा उभिने निर्णय गरीएको छ । सरकारी कर्मचारीहरुको सबै युनियनहरु खारेजीको माग गरीएको छ । युवाको बिदेश पलायनलाइ रोक्न कृषि,पर्यटन,उद्योग, जस्ता क्षेत्रमा रोजगारी सृजना हुने गरी नीति अख्यिार गर्न सरकारसंग माग गरीएको छ । गरीबीको रेखा मुनी रहेका आम नागरिक,मजदुर, सुकुम्बासी किसान बिद्यार्थीहरुलाइ सहुलियतमा खद्य बस्तु उपलब्ध गराउन राशन कार्डको व्यवस्था र कृषि अनुदानलाइ बिस्तार गर्न माग गरीएको छ । बिदेशमा रहेका नेपालीहरुको मतदान अधिकार सुनिश्चित गर्न भेलाले माग गरेको छ ।

प्रकाशित मिति : आइतबार, फाल्गुन १८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij