प्रकाशमानको विश्लेषण : ओली नेतृत्वको सरकार र देउवा नेतृत्वको कांग्रेस उस्तै !

प्रकाशमानको विश्लेषण : ओली नेतृत्वको सरकार र देउवा नेतृत्वको कांग्रेस उस्तै !

बुटवल । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो पक्षमा बहु्मत छ भन्दैमा पार्टी सभापति शेरबहादुर देउवाले मनपरी गरेको आरोप लगाएका छन्।

केपी ओली नेतृत्वको सरकार र देउवा नेतृत्वको कांग्रेसको तुलना गर्दै उनले शक्ति भएर पनि राम्रोसँग चलाउन नसकेको भन्दै आलोचना गरे । ‘उहाँहरुसँग बहुमत छ, पावर छ तर कसरी चलाईरहनुभएको छ-उनले भने–बहु्मत छ भन्दैमा मनलाग्दी गरेर पनि त भएन।

बुटवलमा प्रेस युनियन रुपन्देहीले गरेको कार्यक्रममा बोल्दै उनले कांग्रेसको विधानविपरीत उपसभापतिमा विजयकुमार गच्छदारलाई ल्याएको भन्दै त्यसको आलोचना गरे ।

उनले सरकारले अलोकप्रिय निर्णयहरु गरिरहेकोले जनताबाट आलोचित भइरहेको बताए। उनले जनताका गुनासो सम्बोधन गर्न नसकेर सरकारले आलोचना खेप्नुपरेको र प्रतिपक्षी दलको भूमिका निभाउन नसकेर कांग्रेस नेतृत्वको आलोचना भइरहेको बताए।

उनलेदुई तिहाई बहुमतको अहिलेको सरकार सबै क्षेत्रमा असफल बन्दै गएको बताए। उनले जनतालाई शान्ति सुरक्षा दिनेदेखि बिकास गर्ने सबै काममा सरकार असफल भएको बताए।

प्रकाशित मिति : बुधबार, मंसिर ५ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij