ने.वि.सघं राममणिद्वारा सचेतना एवं नि:शुल्क मास्क बितरण

ने.वि.सघं राममणिद्वारा सचेतना एवं नि:शुल्क मास्क बितरण

तिलोत्तमा  विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको प्रकोपबाट आफु नि बचौ र अरुलाई नि बचाऊँ भन्ने उद्देश्य सहित राममणि बहुमुखि क्याम्पस नेबि संघ इकाई समितिले शुक्रबार क्याम्पस परिसरमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।ने.वि संघ राममणि क्याम्पस सभापति चिरञ्जीवी बस्यालको अध्यक्षता रहेको कार्यक्रममा बोल्ने वक्ताहरूले संसारभर प्रकोपका रूपमा देखा परेको कोरोना भाईरसको संक्रमण बारे सचेतना जोगाउन विद्यालय एवं क्याम्पस स्तरमा आयोजना गरिने यस्ता कार्यक्रम फलदायी हुने विश्वास ब्यक्त गरे ।

साथै उनीहरूले कोरोना भाईरसको रोकथाम तथा नियंत्रणका लागी बेलैमा सतर्कता अपनाउने गरि काम गर्न सरकारलाई आग्रह समेत गरेका छन ।कार्यक्रममा नेवि संघ राममणि उपाध्यक्ष कमल पराजुली, बिक्रम रसाली, सागर बिक, शिषिर भुसाल लगायतले मन्तब्य दिएका थिए । सो अवसरमा बिधार्थीहरुलाई नि:शुल्क रूपमा करिब ७०० वटा मास्क बितरण गरिनुका साथै कोरोना बिरूद्घ सचेतना जगाउने उद्देश्य सहितका पर्चा पम्प्लेट समेत बितरण गरिएको थियो ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन २३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij