ज्येष्ठ कम्युनिष्ट मञ्चको बैठक

ज्येष्ठ कम्युनिष्ट मञ्चको बैठक

 

तिलोत्तमा, ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट ज्येष्ठ कम्युनिष्ट मञ्च पाँच नम्बर प्रदेश कमिटीको बैठक सम्पन्न भएको छ । मन्चका अध्यक्ष अर्जुन ज्ञवालीको अध्यक्षतामा बसेको बैठकलाई संबोधन गर्दै नेकपा प्रदेश कमिटी अध्यक्ष ओनसरी घर्तीले कम्युनिष्ट राजनीतिमा लागेका पुराना र पाकापुस्ताले आफूले हासिल गरेको ज्ञान र अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताइन् ।

पुर्व सभामुख समेत रहेकी घर्तीले ज्येष्ठ कम्युनिष्ट कार्यकर्ताहरुसँग कम्युनिष्ट आदर्शको सही नीति र मान्यता रहेकोले त्यसलाई नयाँ पुस्तालाई हस्तान्तरण गरेर पार्टीलाई सही मार्गमा हिंडाउन सकिने बताउनुभयो । त्यस अवसरमा उनले ज्येष्ठ कम्युनिष्ट मञ्च प्रदेश कमिटीका पदाधिकारी एवं सदस्यहरुलाई सपथग्रहण गराएकी यिइन् ।

कार्यक्रममा नेकपाका केन्द्रीय सल्लाहकार नेत्र पन्थी, रामचन्द्र भट्टराई, प्रदेश कार्यालय सचिव बलराम अधिकारी, मन्चका सचिव इश्वरी खनाल लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : आइतबार, फाल्गुन २५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij