बुटवल ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेश ५ मा वर्थिङ सेन्टर सुधारका लागि १० करोड रुपैयाँ खर्च गर्ने भएको छ। वर्थिङ सेन्टरका लागि उपकरण खरिद र स्वास्थ्यकर्मीलाई तालिम दिन लागेको हो ।
संघीय सरकारबाट विशेष अनुदान वापत १० करोड रुपैयाँबाट प्रदेशका तीन सय ६३ मध्ये एक सय ३५ बर्थिङ सेन्टका लागि आवश्यक उपकरण खरिद र जनशक्तिलाई तालिम दिइने मन्त्रालयले जनाएको छ ।
मातृ शिशु रुग्णता तथा मृत्यु न्यूनीकरण कार्यक्रमअन्तर्गत २ सय ९० जना नर्सिङ कर्मचारीलाई २ महिनाको दक्ष प्रसुतिकर्मी तालिम, १२ जना चिकित्सकका लागि प्रसुतिसम्बन्धी विशेष तालिम सञ्चालन गरिने मन्त्रालय अन्तर्गतको स्वास्थ्य तालिम केन्द्र बुटवलका निर्देशक महेश्वर श्रेष्ठले बताउनुभयो।
त्यस्तै ग्रामीण क्षेत्रका बर्थिङ सेन्टरमा कार्यरत ३० जना नर्सका लागि अल्ट्रासाउण्ड तालिम सञ्चालन गरिने उहाले जानकारी दिनुभयो ।हाल प्रदेश ५ मा नवजात शिशु मृत्युदर प्रति एक लाखमा ३० जना, शिशु मृत्युदर ४२ र बाल मृत्युदर ४५ जना रहेको छ । यस्तै स्वास्थ्य संस्थामा प्रसुति सेवा लिने ५९।४ प्रतिशत, दक्ष प्रसुतिकर्मीबाट प्रसुति सेवा लिने ५६।६ प्रतिशत गर्भवती महिला रहेका छन् । जसमध्ये ९३।६ प्रतिशतले सामान्य र ६।४ प्रतिशतले शल्यक्रियाद्वारा प्रसुति गराउने गरेका छन् ।
कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सामाजिक विकासमन्त्री सुदर्शन बरालले प्रदेशका बर्थिङ सेन्टरमा कार्यरत सबै नर्सलाई दक्ष बनाई मातृ तथा शिशु मृत्यु दर घटाइने बताउनुभयो ।
प्रकाशित मिति : बुधबार, फाल्गुन २८ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्