कोरोना भाईरस संक्रमणबाट बँच्न सतर्कता अपनाऔं : काँग्रेस स्वास्थ्य विभाग

कोरोना भाईरस संक्रमणबाट बँच्न सतर्कता अपनाऔं : काँग्रेस स्वास्थ्य विभाग

 

बुटवल- नेपाली काँग्रेस रुपन्देही स्वास्थ्य विभागले विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाईरसको सञ्त्रास फैलिँदा समेत सरकारको तर्फबाट उचित कदम नचालेको भन्दै सरकारको ध्यानाकषर्ण गराएको छ ।

नेपाली काँग्रेस रुपन्देही स्वास्थ्य विभागले शुक्रबार एक विज्ञप्ती जारी गरि कोरोना भाईरस (कोभिड–१९) संक्रमणको त्रास बढेसंगै विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरिसकेकाले नेपालमा पनि सतर्कता अपनाउन आवश्यक रहेको भन्दै आम सर्वसाधारणलाई सजग रहन अपिल गरेको हो ।

काँग्रेस रुपन्देहीका स्वास्थ्य विभाग संयोजक गोबिन्दप्रसाद लम्साल र सचिव रामराज पोख्रेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा कोरोना भाईरस संक्रमण फैलिन नदिनकालागि सरकारको तर्फबाट उचित कदम चाल्न र सर्वसाधारणलाई आतंकित नहुन आग्रह गरिएको छ ।

निरन्तर कडाखालको ज्वरो आउने, स्वावासप्रस्वासमा समस्या हुने, निरन्तर खोकी लागेमा कोरोना भाईरस संक्रमणको भएको आशंका गर्ने लक्षण भएकाले त्यस्तो अवस्था आउन नदिनकालागि स्वयम् व्यक्ति पनि सजग हुन तथा सरसफाईमा बिशेष ध्यान दिन, नियमित सावुनपानीले हात धुन, माछामासु राम्रोसंग पकाएर मात्रै खान, हाछ्यु गर्दा वा खोक्दा नाकमुख छोप्न र समस्या देखिएमा स्वास्थ्यकर्मीसंग परामर्श लिन समेत विज्ञप्ती मार्फत अपिल गरिएको छ ।

कोरोना भाईरस संक्रमण फैलिन नदिनकालागि विश्वका कैयन देशहरुले एकदेशबाट अर्को देशमा आवतजावतमा समेत रोक लगाईसक्दा नेपाल सरकारले दुई देशीय सिमानाकामा कुनै निगरानी समेत नगर्नु र सरकारका स्वास्थ्य मन्त्रीले सार्वजनिक रुपमै कोरोना भाईरसको संक्रमण देखिएमा सरकारले उपचार गर्न सक्दैन भन्नु लज्जाको बिषय भएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

यस्तो गम्भिर समस्या आउँदा राज्यपक्ष निकम्वा सरह भएको अवस्थामा आम जनताको स्वास्थ्य समस्यामा लाग्नुपर्ने नेपाली काँग्रेसको जिम्मेवारी बोध गर्दै संक्रमणबाट जोखिन र जोगाउनकालागि सचेतना फैलाउने काममा पार्टीका नेता, कार्यकर्ता, भातृ संगठनहरु, शुभेच्छुक संघसंस्थाहरु लगायत सबैलाई आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्ने स्वास्थ्य विभागको अपेक्षा रहेको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन ३० २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij