कांग्रेस सभापति देउवाद्धारा कोरोना जोखिमप्रति विशेष सतर्कताका लागि नौ बुदे अपिल जारी

कांग्रेस सभापति देउवाद्धारा कोरोना जोखिमप्रति विशेष सतर्कताका लागि नौ बुदे अपिल जारी

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले कोरोना जोखिमप्रति विशेष सतर्कताका लागि नौ बुदे अपिल जारी गरेका छन्। सोमबार देउवाले जारी गरेको विज्ञप्तिमा कोरोना भाइरस अर्थात कोबिड १९ ले विश्वब्यापी रूपमा महामारीको रुप लिइसकेको स्थितिमा नेपालले अपनाउनु पर्ने सतर्कता बारे सबै गम्भीर हुन अनुरोध गरेका छन्। ‘जोखिम सामना गर्न सरकारलाई हाम्रो सम्पूर्ण साथ रहने घोषणा हामीले गरिसकेका छौं । तर युद्धस्तरमा कार्य गर्न सरकारको प्रभावकारीता नदेखिएकोमा सरकारलाई गम्भीर भएर कार्य गर्न सजग गराउँदछु’ विज्ञप्तिमा भनिएको छ।

देउवाले सिमा नाकामा प्रभावकारी र भरपर्दो कडाइ हुन नसक्दा कुनैपनि समय संक्रमण नेपाल भित्रिन सक्ने खतरा औंल्याउँदै प्रभावकारी बन्दोबस्तका लागि सरकारलाई गम्भीर भएर कार्य गर्न अपिल गरेका छन्। ‘संभावित जोखिम सामनाका लागी दक्ष जनशक्ति तयार राख्न, जरुरी उपकरणहरु देखि आइसोलेसन वार्ड, वैकल्पिक क्वारेन्टाइनहरु तथा आइसियुसम्मको अभाव हुन नदिन सरकारले युद्धस्तरमा कार्य गर्नुपर्ने औल्याउन चाहन्छु’ देउवाले विज्ञप्तिमा भनेका छन्, ‘अनेक अफवाह चिर्दै वास्तविक सूचना सम्प्रेषण गर्ने कर्तव्य राज्यको रहेकोे ध्यानाकर्षण गराउन चाहन्छु।’ अत्यावश्यक खाद्यान्नको थप मुल्य वृद्धिसंगै कालोबजारी फस्टाएको जनाउदे उनले बजारमा सरकारका सम्बन्धित निकायहरूको उपस्थितिबाट उपभोक्ताको हित संरक्षण जरुरी रहेको आवश्यकता औंल्याउन जनहितमा कार्य अघि बढाउन आग्रह गरेका छन्।

‘सार्वजनिक सेवाको क्षेत्रमा क्रमशः असर पर्दै जाने संकेत दृष्टिगत गरेर सरकारले समयमै आवश्यक रणनीति निर्माण गर्न जरुरी देखिएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘पर्यटन क्षेत्र प्रत्यक्ष मारमा परेको छ भने कतिपय उद्योग र अन्य ब्यवसायिक क्षेत्र संक्रमण पूर्वको असर भोगिरहेका छन् । समग्र निजि क्षेत्रको मनोबल उच्च राख्न बैंक कर्जाको ब्याजदर घटाउन तथा ऋण चुक्ताको समयावधि थप्न जरुरी आवश्यकता औल्याउँदछु।’

सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने स्थिति आएमा बिशेष गरि गरिबीको रेखामुनि रहेका, न्यून आय भएका नागरिक एवं दैनिक ज्यालादारीबाट जीवन गुजारा गरिरहेकाहरुलाई अत्यन्तै कष्टकर अवस्था बन्ने देखिएको जनाउदै तिनका लागि राहतको योजना ल्याउन देउवाले सरकार समक्ष माग गरेका छन्। विद्यार्थीहरुको शैक्षिक भविष्यलाई असर नपर्ने गरि जोखिमबाट विद्यार्थीहरुलाई जोगाउन आवश्यक निर्णय र सतर्कताका लागि सरकारको ध्यानाकर्षण गराउंदछु’ विज्ञप्तिमा भनिएको छ, ‘स्वदेश र विदेशमा रहेका समस्त नेपाली दिदिबहिनी–दाजुभाइलाई कोरोनाबाट सतर्क रहन र एक भएर यसको सामना गर्न हार्दिक अपिल गर्दछु।’

प्रकाशित मिति : सोमबार, चैत्र ३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij