कोरोना भाईरस संक्रमण भित्रिन रोक्न जनचेतना जगाउँदै एस्कोनद्वारा पर्चा वितरण

कोरोना भाईरस संक्रमण भित्रिन रोक्न जनचेतना जगाउँदै एस्कोनद्वारा पर्चा वितरण

बुटवल ।
एक्टिभ सोशियल सर्कल अफ नेपाल (एस्कोन) रुपन्देहीले बिश्वव्यापी महामारीको रुपमा फैलिएको कारोना भाईरस (कोभिड १९) को संक्रमण भित्रिन नदिनकालागि प्रचारात्मक कार्यक्रम गरेको छ ।
छिमेकी मुलुक चिनबाट सुरु भएको कोरोना भाईरस अहिले विश्वमा महामारिको रुपमा फैलिएको र नेपालमा पनि यसको संक्रमण हुने सम्भावना बढी भएकाले त्यसबाट जोखिनकालागि अपनाउन सकिने उपायहरु लेखिएको पर्चा पम्पलेट वितरण गरिएको एस्कोन रुपन्देहीका अध्यक्ष खेम जिसीले जानकारी दिनुभयो ।


एस्कोनले बुधबार प्रदेश पाँचको अस्थायी राजधानी बुटवलको ट्राफिकचोक, अस्पताल लाईन, बसपार्क क्षेत्रमा करिव ५ हजार पर्चा पम्पलेट वितरण गरिएको संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकार नारायण नेपालले जानकारी गराउनु भयो । जनेतनाको अभावमा कसैले पनि कोरोना भाईरसबाट संक्रमित हुन नपरोस भनेर जनचेतना अभिबृद्धिकालागि सन्देशमुलक पर्चा वितरण गरिएको संस्थाका निवर्तमान अध्यक्ष केदार खनालले बताउनु भयो ।

प्रकाशित मिति : बुधबार, चैत्र ५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij