लकडाउनको समयमा रुपन्देहीमा एचआईभी संक्रमितलाई घरघरमै औषधि

लकडाउनको समयमा रुपन्देहीमा एचआईभी संक्रमितलाई घरघरमै औषधि

रुपन्देही

लकडाउनको समयमा रुपन्देहीका  लुम्बिनी प्रादेशिक अस्पताल र भिम अस्पतालमा एआरटी सेन्टरएचआइभी संक्रमतिहरुलाई औषधि सेवाबाट वञ्चित नहुन भनेर घरमै औषधि पु¥याइएको छ ।

एचआईभी संक्रमितहरुलाई सरकारी स्वास्थ्य घरघरमा औषधि पु¥याउनको लागि एड्स हेल्थ केयर फाउण्डेसन नेपाल, नमूना एकीकृत विकास परिषद र आशाज्योति सहयोग समुहसंग संमन्वय गरी औषधी घरघरमा पुराईएको हो ।

लकडाउनले स्वास्थ्य संस्थामा जान मुस्किल भएको बेलामा घरमै औषधि पाएपछि संक्रमितहरु निकै खुशी भएका छन् । रुपन्देही जिल्लामा हाल लुम्बिनी प्रादेशिक अस्पताल र भिम अस्पतालमा एआरटी सेन्टर छन् । एआरटी एचआईभी संक्रमितले नियमित सेवन गर्नुपर्ने औषधि हो ।

रुपन्देहीमा हाल १ हजार २ सय ७९ जनाले एआरभिको औषधि खाने गरेको स्वास्थ्य कार्यालय रुपन्देहीका एचआईभी फोकलपर्सन टिकाराम अधिकारीले बताए । नजिक भई अस्पताल आउनेलाई पनि औषधी उपलब्ध गराउने गरिएको छ । लकडाउन भए पनि कार्ड देखाए प्रहरीले अस्पताल आउनजान दिएको संक्रमितहरू बताउँछन् ।

नमुना एकीकृत विकास परिषदकी अध्यक्ष ज्ञानु पौड्यालले विश्वमा फैलिएको महामारी कोरोना भाइरसका कारण सरकारले घोषणा गरेको लकडाउनको अवस्थामा कोही पनि औषधिबाट वञ्चित नहुन भन्नेतर्फ लागिएको बताइन् ।

लुम्बिनी प्रादेशिक अस्पताल, भीम अस्पताल र स्वास्थ्य कार्यालयले घरघरमा औषधि पु¥याउनको लागि एड्स हेल्थ केयर फाउण्डेसन र आशाज्योति सहयोग समुहसंगको समन्वयमा रुपन्देहीमा एचआईभी संक्रमितहरूले दिनहूँ खाने औषधिको सुनिश्चितता र सहजीकरण गरी अस्पताल वा घरमै पु¥याएर मानवीय सेवा अतिआवश्यक सेवा प्रदानमा सहयोग गर्नु हाम्रो दायित्व रहेको पौड्यालले भनिन् ।

प्रकाशित मिति : सोमबार, चैत्र २४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij