एजेन्सी- कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न भएका विभिन्न मुलुकका २२ हजारभन्दा बढी स्वास्थ्यकर्मीहरूमा पनि कोरोनाको संक्रमण देखिएको बिबिसीमा उल्लेख गरिएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले आफ्नो ८ अप्रिलसम्मको रिपोर्टका अनुसार विश्वका विभिन्न मुलुकमा संक्रमितको उपचारमा खटिएका २२ हजार ७३ भन्दा बढी स्वास्थ्यकर्मीमा संक्रमण देखिएको हो ।
बीबीसीको अनुसार ११ अप्रिलमा डब्लूएचओले सार्वजनिक गरिएको प्रतिवेदनमा कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूमध्ये ५२ मुलुकका २२ हजार ७३ स्वास्थ्यकर्मीमा संक्रमण देखिएको उल्लेख गरिएको हो ।
डब्लूएचओले स्वास्थ्यकर्मीहरू फ्रन्ट लाइनमा रहेर कोरोना भाइरसविरुद्ध लड्न महत्वपूर्ण भूमिका खेल्दै गरेको बताएका छन् ।
यस समयमा उनीहरूले संक्रमित बिरामीहरूको पूर्ण ध्यान लिएका छन् र स्वास्थ्यकर्मीहरूको बीचमा भाइरसको संक्रमण नफैलियोस भन्ने कुरा सुनिश्चित गर्दै संक्रमण रोक्ने तरिकाहरू अपनाउँदै छन् ।
प्रकाशित मिति : आइतबार, चैत्र ३० २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्