सरकारले जारी गरेका अध्यादेश इतिहासकै सबैभन्दा दुःखद घटना हो : कांग्रेस सभापति देउवा

सरकारले जारी गरेका अध्यादेश इतिहासकै सबैभन्दा दुःखद घटना हो : कांग्रेस सभापति देउवा

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले आज जारी गरेका अध्यादेश इतिहासकै सबैभन्दा दुःखद घटना भएको बताएका छन्।

सोमबार साँझ विज्ञप्ति जारी गर्दै देउवाले कोरोना भाइरसको महामारी फैलिरहेका बेला अध्यादेश जारी हुनुलाई संकटको घडीमा सत्ताको उन्माद या खेल प्रस्तुत गर्नु ‘बेमौसमी बाँसुरी’ भएको उल्लेख गरेका छन्।

‘नेपाली कांग्रेस अलोकतान्त्रिक एंव संविधानको मर्मविपरितका अध्यादेश तत्काल फिर्ता लिन माग गर्दै अन्य सबै खेलभन्दा माथि उठेर कोरोनाबाट जनताको जीवन रक्षामा सम्पूर्ण रूपले केन्द्रीत हुन सरकारलाई अपिल गर्दछ,’ देउवाले भनेका छन्।

प्रकाशित मिति : सोमबार, बैशाख ८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij