काठमाडौं – समाजबादी पार्टी र राष्ट्रिय जनता पार्टीकाे एकिकरण पछि बनेकाे जनता समाजवादी पार्टी बिहिबार निर्वाचन आयाेगमा दर्ता भएकाे छ ।
बिहिबार बिहानैदेखी काठमाडौं स्थित निर्वाचन आयोगमा पुगेर पूर्व राजपा र समाजबादी पार्टीका शीर्ष नेताहरुले नयाँ जनता समाजबादी पार्टी दर्ता गराएका हुन ।
नयाँ पार्टी जनता समाजबादीलाई निर्वाचन आयोगले दर्ता नम्बर १३८८ मा दर्ता गराएको जानकारी दिएको छ ।
एकताको निर्णय अनुसार नयाँ पार्टीको चुनावचिन्ह छाता र झण्डा समाजबादी पार्टी कै रहनेछ ।
बिहिबार बिहानैदेखी राजपाका शिर्ष नेताहरु राजेन्द्र महतो सरदसिंह भण्डारी , समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादब , डा बाबुराम भट्टराईलगायत निर्वाचन आयोगको कार्यालयमा पुगे थिए ।
सबै नेताहरुले राजपा र समाजबादी पार्टीको बुधबार राती एकिकरण भएर बिहिबार नयाँ जनता पार्टी दर्ता भएको बताए । उनीहरुले दुबै पार्टीबीच एकिकरणका लागि प्रयासरत रहेकाले लकडाउन पछि बाकीँ काम पुरा गर्ने बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको मौका छोपेर केन्द्रीय समिति वा संसदीय दल मध्ये एउटा समितिमा ४० प्रतिशत सदस्य पुरयाएर पार्टी बिभाजन गर्न पाउने अध्यादेश ल्याएपछि रातारात आफुहरुलाई फुटाउन लागेको भन्दै राजपा र समाजबादी पार्टी एक भएका हुन ।
समाजबादी पार्टीले आफ्ना केन्द्रीय सदस्य तथा पूर्व राज्य मन्त्री डा. सुरेन्द्र यादबलाई अपरहण गरेर काठमाडौं ल्याएर बन्धक बनाएर राखिएको आरोप लगाएको थियो ।
तर डा. यादब राती नै होटलबाट भागेर समाजबादी पार्टीको सम्पर्कमा आइसकेका छन ।
यसैगरि नक्साल स्थित एक पाँचतारे होटलमा समाजबादी पार्टीका केही सांसदहरुलाई राखिएको समाजबादी पार्टीले जानकारी गराएको छ ।
प्रकाशित मिति : बिहिबार, बैशाख ११ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्