लायन्स आकस्मिक रक्तदान अभियान सम्पन्न

लायन्स आकस्मिक रक्तदान अभियान सम्पन्न

भैरहवा

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस को महामारीका कारण सरकारले घोषणा गरेको लकडाउनका बेला रगतको अभाव हुन नदिन भैरहवा क्षेत्रमा क्रियाशिल लायन्स क्लबहरुले सञ्चालन गरेको आकस्मिक रक्तदान अभियान शुक्रबार समापन भएको छ

भैरहवा क्षेत्रमा क्रियाशिल ७ वटा लायन्स क्लबहरुले आकस्मिक रक्तदान अभियान चलाएका थिए । समयसमयमा विभिन्न संघ–संस्थाको आयोजनामा हुने रक्तदान कार्यक्रम लकडाउनका बेला प्रयाप्त हुन नसकेपछि रगतको अभाव हुन नदिन लायन्स क्लबहरुले अभियान चलाएको बताएका छन् ।लायन्स क्लब इन्टरनेशनल, डिष्ट्रिक ३२५ बी टु एरिया–फोर अन्तर्गत रहेका लायन्स क्लब अफ सिद्धार्थनगर प्रोफेसनल, लायन्स क्लब अफ सिद्धार्थनगर युथ, लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियल, लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथ, लायन्स क्लब अफ लुम्बिनी क्रियटिभ लेडी, लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्ध र लायन्स क्लब अफ भैरहवा लुम्बिनीले उक्त अभियान चलाएको कार्यक्रम संयोजक रवि कुमार रौनियारले बताउनु भयो ।

लकडाउनको समयमा रगतको अभावकै कारण बिरामीको ज्यानसमेत जान सक्ने अवस्थालाई मध्यनजर गर्दै अभियान सञ्चालन गरिएको रौनियारले बताउनु भयो ।

अप्रिल १० तारिखदेखि अप्रिल ३० तारिखसम्म तीनवटा शुक्रबार कार्यक्रम गर्ने तय भए अनुसार चैत २८, वैशाख ५ र वैशाख १२ गते तीनदिन रक्तदान कार्यक्रम सम्पन्न भएको रौनियारे ले जानकारी दिनु भयो । स्थानीय प्रशासनलाई जानकारी गराएर भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा कार्यक्रम गरिएको थियो ।

चैत २८ गते ४५ प्वाइन्ट, वैशाख ५ गते २३ प्वाइन्ट र वैशाख १२ गते २६ प्वाइन्ट रगत संकलन भएको थियो । संकलन गरिएको रगत रक्त संचार केन्द्र तथा रेडक्रसको जिम्मा लगाइने लायन्स क्लब अफ भैरहवा लुम्बिनीका संस्थापक अध्यक्ष समेत रहनु भएका रौनियारले बताउनु भयो ।

अभियानको समापन कार्यक्रममा बोल्दै प्रदेश नम्बर ५ का प्रदेशसभा सांसद सन्तोष कुमार पाण्डेयले लायन्सले गरेका कार्यहरुका बारेमा शब्दमा वर्णन गरेर नसकिने बताए । उनले २१ वर्षमा आफुले ८७ पटक रक्तदान गरेको जानकारी दिदै शहरी क्षेत्रमा जस्तै अब मर्चवार, धकधई लगायतका ग्रामीण क्षेत्रमा पनि रक्तदानको लागि प्रोत्साहन गर्न जनचेतनामूलक कार्यक्रम आवश्यक रहेकोमो जोड दिए ।

नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य सुदर्शन नेपालले रगतको अभाव भइरहेको बेला सातवटा लायन्स क्लबले सञ्चालन गरेको अभियान महत्वपूर्ण रहेको चर्चा गरे ।

लकडाउनमा अस्पतालमा रगतको अभाव हुन थालेपछि रक्तदान अभियान सञ्चालन गरिएको लायन्स क्लब इन्टरनेशनल, डिष्ट्रिक ३२५ बी टु एरिया–फोरका संयोजक विनोद खरेलले बताए । लायन्स क्लबको अगुवाइ तथा रेडक्रसको सहयोगमा अभियान सञ्चालन गरिएको उनले बताए ।लायन्स क्लब अफ सिद्धार्थनगर युथका सचिव सुनिल सेञ्चुरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : शुक्रबार, बैशाख १२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij