जेसीआइ बुटवल एकेडेमी सम्पन्न, पब्लिक स्पिकरको उपाधि सृजनलाई

जेसीआइ बुटवल एकेडेमी सम्पन्न, पब्लिक स्पिकरको उपाधि सृजनलाई

बुटवल । बुटवल जेसीजले सञ्चालन गरेको जेसीआई बुटवल एकेडेमीशनिबार सम्पन्नभएको छ । कार्तिक २९ गतेबाट शुरु भएको कार्यगततालिममा नेतृत्व र व्यक्तित्वविकासका सम्बन्धमा प्रशिक्षण दिईएको थियो ।

एकेडेमीबाट बुटवलका १० वटा कलेजबाट छानिएका ३९ जनायुवाहरु दिक्षित भएका छन् । एकेडेमीका प्रमुखप्रशिक्षक रमेश अर्याल, प्रशिक्षकहरु राजेन्द्र बहादुर जि. सी. र दिनेश खड्काले प्रशिक्षण दिएका थिए ।

दिक्षित समारोहमाबोल्दै नेपाल जेसीजका अध्यक्षश्रीधर बस्यालले राष्ट्रको सपना पूरा गर्नका लागिपहिले हरेक व्यक्तिले आफ्ना सपनाहरु पूरा गर्ने वातावरणको सृजना हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा राष्ट्रिय उपाध्यक्ष राजेन्द्र घिमिरेले जेसीजले युवाहरुको समग्र विकासकालागि महत्वपूर्ण भूमिका खेलेको बताउदै यसलाई निरन्तरता दिइने बताए ।
बुटवल जेसीजका अध्यक्ष यम प्रसाद तिवारीले जेसीज तालिम विश्वविद्यालय भएको हुँदा यस वर्ष आफूले तालिमहरुलाई विषेश प्राथमिकता दिएको बताए ।
एकेडेमीका निर्देशक दिनेश खड्काले युवाहरुकोे अध्ययनसँगै स्वास्थ्य, परिवार , व्यवसाय, जीवनको लक्ष्यनिर्धारण सहित व्यक्त्वि विकासकालागि यस प्रकारको अवसर जेसीजले जुटाई दिएको बताए ।

कार्यक्रममा बुटवल जेसीजकापूर्व अध्यक्ष गोपाल प्रसाद पाण्डे,महासचिव चन्द्रमणि भुषाल, अध्यक्ष सल्लाहकार राजीव गौतम, पब्लिक स्पिकर संयोजक आविष्कार खनाल, प्रशिक्षार्थी सरस्वती शर्मा लगायतले बोलेका थिए ।

यसैबीच, एकेडेमी अन्तरगत सञ्चालित पब्लिक स्पिकर बुटवल २०१८ कोउपाधि एम्स कलेजका सृजन मल्लले हातपारेका छन् । त्यस्तै दोस्रो स्थान बुटवल बहुमुखी क्याम्पसकी ज्योती रेग्मी, तृतीय स्थान क्षितिज कलेजका प्रोमिस बान्तवा राई प्राप्त गरेका छन् भने अक्सफोर्ड कलेजका संगम न्यौपाने र मणिमुकुन्द कलेजका सविन पाठकले प्रोत्साहन स्थानप्राप्त गरेका छन् ।

सोही समारोहमा विभिन्न विद्यामा उत्कृष्ट हुने प्रशिक्षार्थीहरुलाई पुरस्कृत गरिएको थियो । यसअघि पश्चिय क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलसँगको सहकार्यमा ट्राफिक सचेतनाअन्तरगतहर्न निषेध ¥याली निकालिएको थियो ।

त्यस्तै, बुटवल जेसीजकापूर्व अध्यक्षहरुसँग भएको अन्तरक्रिया कार्यक्रम अन्तरगत नवराज श्रेष्ठ र प्रदिप उदयसँग एकेडेमीका सहभागीहरुले आफ्नो जिज्ञासा राखेका थिए । कार्यक्रममको सञ्चालनपूर्व अध्यक्ष राजु पौडेलले गरेका थिए ।

प्रकाशित मिति : आइतबार, मंसिर ९ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij