काठमाडौं : नेपाली कांग्रेसमा अहिले विधानको बारेमा छलफल चलिरहेको छ । महासमिति बैठक अघि प्रदेशहरुमा सुझाव सुनेर काठमाडौ फर्किएको नेतृत्वले नयाँ विधानका बारेमा छलफल थालेको छ ।
प्रस्तावित विधान जस्ताको तस्तै पारित भएमा कांग्रेस धेरै अग्रगामी हुने देखिन्छ । कांग्रेसमा एक व्यक्ति एक पदको नीति ल्याउन लागिएको छ । यो प्रस्ताव पास भए अबदेखि काँग्रेसका नेता कार्यकर्ताले दोहोरो जिम्मेवारी पाउने छैनन् । पार्टी सभापति पनि दुईपटक भन्दा बढी सभापति हुन नपाउने व्यवस्था ल्याउन छलफल चलिरहेको छ ।
प्रस्तावित विधानअनुसार यो व्यवस्था लागू भएमा पार्टीको सबै तहको कार्यसमितिको सभापति पदमा निरन्तर दुई पदावधिभन्दा बढी अर्थात तेस्रो पटक सोही पदका लागि उम्मेदवार बन्न पाइने छैन ।
काँग्रेसको प्रस्तावित विधानको ५६ दफामा सो कुरा उल्लेख गरिएको छ । त्यस्तै प्रस्तावित विधानमा पार्टीको तल्लो निकायको सभापति, उपसभापति, सचिव, कोषाध्यक्ष र सहसचिव माथिल्लो तहको कार्यसमितिमा उम्मेदवार बने उसको तल्लो पद स्वतः रिक्त हुने व्यवस्था गरिएको छ ।
साथै, प्रदेश महाधिवेशन प्रतिनिधि केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार भएमा उसको प्रदेश महाधिवेशन प्रतिनिधि पद पनि स्वतः समाप्त हुनेछ । तर केन्द्रीय महाधिवेशन प्रतिनिधि, केन्द्रीय महासमिति सदस्यमा उम्मेदवार हुन बाधा पुगेको नमानिने उल्लेख छ ।
अर्को पनि कडा नियम बन्न थालेको छ । कुनै तहको अधिवेशनमा उमेदवार भएर पराजित भएको व्यक्ति सोही अधिवेशनमा सोभन्दा माथिल्लो कुनै पदमा पनि उम्मेदवार हुन पाउने छैन ।
प्रकाशित मिति : आइतबार, मंसिर ९ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्