पाहुना चराको स्वागतमा लुम्बिनीमा पन्छी महोत्सव

पाहुना चराको स्वागतमा लुम्बिनीमा पन्छी महोत्सव

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा आउने पाहुना चरालाई स्वागत गर्न पन्छी महोत्सव आयोजना गरिएको छ । विभिन्न प्रजातिका चराहरु हजारौ माइल टाढाको दुरी पार गरेर विहार गर्न लुम्बिनी आएका छन् ।

साइबेरिया र मंगोलियाको चिसो छल्न पाहुना चराहरु हजारौं माइलको यात्रा अनेकौ जोखिमहरु पार गर्दै लुम्बिनी आएका छन् । उनीहरु हरेक बर्ष लुम्बिनी आउछन् । बिभिन्न रंगीबिरंगी पन्छीहरुको चीरचीर आवाजले लुम्बिनी क्षेत्रको माहोल नै गुन्जायमान हुने गर्छ ।

चराबिदका अनुसार उत्तरी ध्रुवमा हिमपातको सुरुवातसँगै हिउँद यामको बढ्दो जाडो छल्न नेपालका तल्लो हिमाली भेग, पहाड र तराईका विभिन्न भूभाग तथा ताल, तलैया र नदी आसपासमा रुबि जस्ता हजारौं पर्यटक चराहरु बसाइँ सरी आउने गर्दछन् ।

वर्षेनी करीव १ सय ५० प्रजातिका चराहरु उत्तरी मुलुकहरु रुस, किर्जिस्तान, चीन, मंगोलियाका साथै तिब्बती क्षेत्रहरुबाट नेपालमा आउने गरेको चराविद रबिन्द्रमान श्रेष्ठले बताए । ती मध्ये झण्डै ३५ प्रजातिका चराहरु लुुम्बिनी आउँछन् ।

उनका अनुसार चराहरु उड्ने भएकाले अनकुल मौसम, सुरक्षित बासस्थान र चरनको खोजिमा एक ठाउँबाट अर्को ठाउँ, एक देशबाट अर्को देश र एक महादेशबाट अर्को महादेशमा बसाइँ सरी आउने जाने गर्दछन् ।

‘आगन्तुक चराहरु हाम्रा पाहुना भएकाले यीनीहरुको संरक्षण गर्र्नु हाम्रो दायित्व हो चराविद श्रेष्ठ भन्छन्–‘ स्थानिय स्तरमा सहभागितामुलक जैविक विविधताको संरक्षण तथा दीगो व्यवस्थापका लागि जनसहभागिता र जनचासो अपरिहार्य छ ।’

बसाइँ सराइँ गर्ने चराहरुको संरक्षणमा विश्वव्यापी जनचेतना अभिवृद्धि गर्ने उदेश्यले लुम्बिनी बिकास कोषले सोमबार लुम्बिनीमा पंछी महोत्सबको आयोजना गरेको छ ।

‘शान्तिका लागि सारस संरक्षण’ भन्ने नारा सहित आयोजना गरिएको लुम्बिनी पन्छी महोत्सव अन्तर्गत चित्रकला प्रतियोगिता, फोटो प्रदर्शनी, पन्छी अवलोकन लगायतका कार्यक्रम रहेको विकास कोषले जनाएको छ ।

सो अवसरमा सारसलाइ लुम्बिनी नगर पन्छी घोषणा गर्ने कार्यक्रम रहेको कोषका निमित्त सदस्य सचिब सरोज भट्टराइले जानकारी दिए । उनले लोपोन्मुख सारस भगवान गौतम बुद्धको जीवनसंग जोडिएको पन्छी भएका कारण नगर पंक्षी घोषणा गर्न लागेको बताए ।

यहाँ आउने अन्य पाहुना जस्तै पन्छीहरु पनि पाहुनाकै रुपमा आउने भएकाले उनिहरुको सुरक्षा गर्ने दायित्व पनि बिकास कोषको हो भन्छन् लुम्बिनी बिकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय शाक्यपुत्त । ‘बुद्धभुमि मानवमात्र नभइ अन्य प्राणीका लागि पनि शान्तिभुमि हो । यो भुमिमा मानबमात्र नभइ पन्छी पनि रमाउछन्– उनले भने ।

लुम्बिनी वरीपरीका सिमसार जोगाउने पोखरीको संरक्षण गर्ने, पाहुना चराको बासस्थान हुने ठाउको सुरक्षाका लागि सचेतना जगाउन बिकास कोषले पन्छी महोत्सबको आयोजना गरेको जनाएको छ । ‘लुम्बिनी बिभिन्न प्रजातिका चराहरुको बासस्थान पनि हो । यहाँ पर्यटनसंगै पर्या पर्यटनको सम्भावना राम्रो छ । उपाध्यक्ष मेत्तेयले भने–‘ त्यसैले पन्छी महोत्सबको आयोजना गरेका हौ ।’

लुम्बिनीमा बर्षेनी आउने पाहुना चराको संख्या बढाउन विकास कोषले उनिहरुको आहार र बासस्थानको संरक्षणमा बिशेष ध्यान दिने बताएको छ ।
पाहुना चरालाइ लुम्बिनी बसाइ अवधिभर आहार अभाव हुन नदिन बिकास कोषले जंगल संरक्षणमा ध्यान दिएको लुम्बिनी बिकास कोषका बनस्पति शाखा अधिकृत सब्बिर खानले बताए ।

लुम्बिनीमा कोइली, भद्राई, कालो चिबे, मधुमक्षी, बिभिन्न प्रजातिका बकुल्ला, सारस, भुडिफोर, घोगीफोर, लोभिपापी भुडिफोर, कालोगण्ड, हरीहाँस, बिजुलगैरे, सानो जलेवा, सावरी, कुर्मा, लालसर, बगाले सिं कुखुरा, लामोऔले, मरुल, जलअप्सरा, छुटिट्याउ, टमटमे, आँसीठुडे, पानीचाहा, रातोमुनीया, छिर्केमुनीया, सुनचरी, काजले सुनचरी, माटोकोरे, काफलपाक्यो, कोकले, साइबेरीयन रुबि, रानीचरी, लगायतका २ सय २२ प्रजातिका चराहरु बस्छन् ।

प्रकाशित मिति : सोमबार, मंसिर १० २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij