काठमाण्डौ
पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा जातीय विभेदलाई लिएर ज्यानै जानेगरी भएको घटनाको छानबिनगरी दोषीलाई कारबाही गर्न पत्रकार महासंघले माग गरेको छ ।
महासंघका महासचिव रमेश विष्टले निकालेको विज्ञप्तिमा घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन र यस्ता आपराधिक घटना दोहोरिन नदिन सरकारको गम्भीर ध्यानार्कषण गराइएको उल्लेख छ ।
देशमा संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापित भइ जातीय विभेद र छुवाछूत अन्त्य गर्ने घोषणा भइसकेको अवस्थामा यस्ता घटना मानव अधिकारविरुद्धको निकृष्ट ज्यादति र मानवताविरुद्धको जघन्य अपराध भएको भन्दै मानव सभ्यतालाई नै कलंकित बनाउने र कानुनी शासनको धज्जी उडाउनुका साथै समाज कुन दिशातर्फ जाँदै छ भन्ने प्रश्नसमेत खडा गरेको महासंघले जनाएको छ ।
यस्तै, पत्रकार महासंघले घटनाका विषयमा भ्रामक समाचार सामग्री र सामाजिक सञ्जालमा पोष्ट नगर्न पनि आग्रह गरेको छ ।
प्रकाशित मिति : बिहिबार, जेष्ठ १५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्