स्याङ्जाको मध्य भागमा रहेको कालिका सामुदायिक अस्पताललाई आइसोलेशनको कोरोना अस्पतालमा परिणत

स्याङ्जाको मध्य भागमा रहेको कालिका सामुदायिक अस्पताललाई आइसोलेशनको कोरोना अस्पतालमा परिणत

स्याङ्जा
स्याङ्जाको मध्य भागमा रहेको कालिका सामुदायिक अस्पताललाई आइसोलेशनसहितको कोरोना अस्पतालमा परिणत गरिएको छ ।
जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जान थालेपछि गण्डकी प्रदेशको सहयोगमा भीरकोटमा रहेको कालिका अस्पताललाई कोरोना अस्पतालमा परिणत गरिएको हो ।

सङ्क्रमितको सङ्ख्या बढ्दै जान थालेको र जिल्ला अस्पतालमा ठाउँ नभएकाले विकल्पको रुपमा कालिका सामुदायिक अस्पताललाई कोरोना अस्पतालमा परिणत गरिएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर विनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।

डा. शर्माले कोरोना सङ्क्रमितलाई जिल्लाबाहिर लैजाँदा नकारात्मक सन्देश जाने बताउँदै जिल्लाकै कोरोना अस्पतालमा राख्दा बिरामीका आफन्तहरुले पनि भेट्न सजिलो हुने बताउनुभयो ।

स्याङ्जामा रहेका ११ पालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला अस्पतालको पहलमा गण्डकी प्रदेशले कोरोना अस्पताल सञ्चालनमा ल्याएको वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले जानकारी दिनुभयो ।

कालिका सामुदायिक अस्पताललाई पहिलो चरणमा ६० शय्याको कोरोना अस्पतालको रुपमा सञ्चालनमा ल्याइएको छ । आवश्यक परेको खण्डमा शय्या थप्न सकिने जानकारी दिँदै कोरोना सङ्क्रमितलाई आवश्यक पर्ने स्वास्थ्य सामग्री सबै उपलब्ध हुने गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

जिल्लाभित्र भारतबाट आउनेको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ । गण्डकी प्रदेशको नाका राम्दीबाट मात्रै दैनिकजसो ४०/५० जना आउने गरेका छन् । भारतबाट आउनेहरुलाई किटको अभावमा आरडीटी परीक्षण गरिएको छैन । उनीहरु सबैको पालैपालो पीसीआर परीक्षण गर्न सुरु गरिएको छ ।

महामारीको रुपमा फैलिरहेको सङ्क्रमणलाई सबै मिलेर न्यूनीकरण गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले बताउनुभयो । प्रजिअ क्षेत्रीले कोरोना न्यूनीकरण गर्न जिल्लामा रहेका सबै पालिकाहरुले सराहनीय कार्य गरेकोमा प्रशंसा गर्नुभयो । उहाँले कोरोना सङ्क्रमण रोक्न सबै सचेत हुनुपर्ने बताउँदै सङ्क्रमणबाट बच्न दुरी कायम गर्नुपर्नेमा जोड दिनुभयो ।
स्याङ्जामा कोरोना सङ्क्रमितको सङ्ख्या १२ जना पुगे पनि कोरोना अस्पताल हेलुमा चापाकोटका चार जना र बिरुवाका एक जना गरी पाँच जनालाई राखिएको छ, एक जनालाई पोखरा लगिएको छ भने अरु सङ्क्रमितलाई जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ ।

प्रकाशित मिति : बुधबार, जेष्ठ २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij