बुटवल-१४ औ जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसर पारेर पश्चिम रुकुम नरसंहार र देशभरि जातिय आधारमा दलितमाथी श्रृङ्खलाबद्ध रुपमा भएको जातिय विभेद विरुद्ध, लोकतान्त्रिक चोकमा, किर्तिकपुर नेपाल राष्ट्रिय उत्पीडित विधार्थी संगठन र अनेरास्ववियु उत्पीडित राष्ट्रिय कमिटिको सयुक्त आयोजनामा आयोजित सडक सभामा बोल्दै अनेरास्ववियूका केन्द्रिय संयोजक ऐन महरले मानिसका कुनै जात नहुने र पुरुष र नारी कुनै जाति नभएर त्यो लिंग भएको बताएका थिए दलित समुदायले हतियार, औजार, लताकपडा, देखि जीवन जिउने सम्पूर्ण बस्तुहरुको निमार्णले नै हामी मानव बन्न मदत पुगेको उल्लेख गर्दै दलित समुदायले मानव सभ्यता निर्माण ठुलो योगदान रहेको उल्लेख गरे ।
आज हामिले जुत्ताका मालिक लाई सम्माग गर्छु तर त्यसको निर्माण गर्ने ज्यक्तिलाई हेप्छौ त्यो एकदमै लाझको कुरा रहेको बताए त्यस्तै विधार्थी नेता सुरेन्द्र बस्नेतले समाजमा रहेको जयस्थित र जंग बहादुरले अपनाएका मनुबादी सरचनामा परिवर्तन गर्नु पर्ने उल्लेख गरेका थिए सभामा नेकपा नगरकमित अध्यक्ष विकास महर्जन लगायत मोति विक, नारायण घर्ति, माधव पन्त, सुनिता बरालका विधार्थी नेताहरुले समाज रुपान्तरणका निम्ति सबै आफ्नो ठाउ बाट लाग्नु पर्नेमा जोड दिएका थिए ्र कार्यक्रम दलितको मुद्दा दलितको मात्र नभएर सम्पूर्ण नेपालीको मुद्दा भएकोले गर्दा सामाजिक रुपान्तरण र समानताका निम्ति सम्पूर्ण समुदाय, युवा, लेखक लगायत व्यक्तिहरु आफ्नो ठाउबाट लाग्नु पर्ने कुरा सडक सभाका सयोजक तथा नेपाल राष्ट्रिय उत्पीडित विधार्थी संगठन केन्द्रिय सह संयोजक रवि सेन्चुरीले वताउनु भयो भने समातामुलक समाज निमार्णको अभियान जारी रहेको अनेरास्ववियु उत्पीडित राष्ट्रिय कमिटिको केन्द्रिय उपाध्यक्ष तथा सडक सभाका संचालक रामलाल राजवशीले जनाए ।






प्रकाशित मिति : बुधबार, जेष्ठ २१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्