उदयपुर, उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । उदयपुरको बेलका नगरपालिका–८ सेतिखोलामा ट्याक्टर दुर्घटना हुँदा स्थानीय ईन्द्रबहादुर राईको मृत्यु भएको हो ।
शुक्रबार बिहान पौने १० बजेको समयमा भिमफेदीबाट सेतिखोलातर्फ जाँदै गरेको को २ त ९१५२ नम्बरको ट्याक्टर सेतिखोला पुल छेउमा आफैं अनियन्त्रीत भई दुर्घटना भएको थियो ।
दुर्घटनाबाट सोही ट्याक्टरमा सवार रहेका बेलका नगरपालिका–८ का ३१ वर्षीय राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले अनुसन्धान कार्य गरिरहेको उक्त कार्यालयले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, जेष्ठ २३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्