महन्थ र उपेन्द्रलाई अध्यक्ष तोक्दै जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता, बाबुरामलाई चौथो बरियता

महन्थ र उपेन्द्रलाई अध्यक्ष तोक्दै जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता, बाबुरामलाई चौथो बरियता

काठमाडौं।

जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । पार्टीको केन्द्रीय अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहने गरी दल दर्ता गरिएको छ ।

मधेशलाई आधार बनाउँदै राजनीति गरिरहेका समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई एकीकृत गरी जनता समाजवादी पार्टी बनाइएको थियो । यसअघि डा. बाबुराम भट्टराईलाई पनि अध्यक्ष बनाउने सहमति गरिएको बताइएको थियो ।

तर दल दर्ता गर्दा भने भट्टराईको नाम राखिएको छैन । उनलाई चौथो वरियतामा राखिएको छ । उनी अगाडी दुई अध्यक्ष र अशोक राई रहने छन् । भट्टराईपछिको बरियतामा राजेन्द्र महतो छन् । डा. भट्टराईलाई संघीय परिषद्को अध्यक्षका रुपमा राखिएकामा उक्त परिषद् नै हटाइएको नेता शिवजी यादवले जानकारी दिएका छन् ।

सरकारले मधेश केन्द्रित दल फुटाउने निहित उद्देश्य राखेर दल विभाजनमा सहज हुने अध्यादेश ल्याएलगत्तै दुई पार्टीले रातारात वैशाख १० गते पार्टी एकताको घोषणा गरेका थिए ।

नेतृत्वमा सहमति नजुट्दा निर्वाचन आयोगमा दर्ता हुन लामो समय लागेको हो । दर्ताका लागि पाएको समयको अन्तिम दिन आइतबार पार्टी पदाधिकारीमा सहमति जुटेपछि दल दर्ता गरिएको हो ।

राजनीतिक दल सम्बन्धी ऐनमा एकीकरण वा गाभिने घोषणा गरेको ४५ दिनभित्र सम्झौताको प्रतिलिपी संलग्न गरेर निर्वाचन आयोगमा निवेदन दिनुपर्ने व्यवस्था अनुरुप आइतबार दर्ता गरिएको हो ।

एकीकृत पार्टीको कार्यकारी समितिमा ५३, राजनीतिक समिति एक सय ५१ र केन्द्रीय समितिमा सात सय एकजना रहने सहमति पनि गरिएको छ ।

आयोगमा दलको विधान, पार्टी नेतृत्व, पार्टी एकता गर्न गरिएको सहमति, दुबै पक्षका केन्द्रीय सदस्यको हस्ताक्षर, संयुक्त बैठकको निर्णय बुझाइएको छ ।

प्रकाशित मिति : आइतबार, जेष्ठ २५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij