बुटवल
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सांसद डा. चन्द्र भण्डारीलाई पितृशोक परेको छ । डा.भण्डारीका बुबा ईश्वरीप्रसाद भण्डारीको उहाँकै निवास बुटवलमा निधन भएको हो ।
दमका रोगी उनको सोमबार राति १ बजे आफ्नै निवासमा निधन भएको हो । उनी ८७ वर्ष थिए । नेता डा चन्द्र भण्डारीका दुई आमाहरु हरिकला र हरिकला रहेका छन् । त्यसैगरी उनीसहित पाँच दाजुभाइ रहेका छन् ।
मिन, चन्द्र, देवि, हरिहर र सह प्रा डा शंकर भाइहरु हुन् । एक भाइ फणिन्द्रको केही वर्षअघि निधन भएको थियो । मृतक भण्डारीकी एक छोरी लक्ष्मी छिन् ।
अन्तिम दाहसंस्कार मंगलबार दिउँसो २ बजे गुल्मीको रिडीमा भएको छ ।
प्रकाशित मिति : मंगलबार, जेष्ठ २७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्