अहिले फिल्म बनाएर मात्र प्रयाप्त छैन । दर्शकलाई हलसम्म तान्न गतिला गीतसंगीत पनि अत्यन्त आवश्यक हुन्छ । केही वर्षयता नेपाली फिल्ममा लोक फ्लेवरका गीतको राम्रै बोलबाला देखिएको छ । ‘सुर्के थैली खै ?’, ‘गोजीमा दाम छैन’, ‘पहिलो नम्बरमा’, ‘रुपै मोहनी’ गीतले नेपाली बजारमा धूम नै मच्चाएका छन् ।
गीतका कारण पनि फिल्मको इनिसियल बक्सअफिस आक्रामक हुने विश्वास फिल्ममकर्सलाई छ । यसकारण पनि गीतमा कुनै प्रकारको कन्जुसाई गर्दैनन् निर्माता । अहिले गीत हिट वा फ्लप छुट्याउन पनि सजिलो छ । युट्युबको भ्यूअर्सको आधारमा फिल्मको सफलता र असफलता सजिलै मापन हुन्छ ।
युट्युबमा गीतले करोड भ्यूज पाए निर्माता निर्देशक त्यसलाई एउटा ठूलो सफलता मान्ने गरेका छन् । चाहे फिल्म बक्सअफिमा असफल भएकै किन नहोस् । मल्टिस्टारर फिल्ममा समावेश लोक फ्लेवरका गीतले प्रायः १ देखि ३ महिनाभित्र करोड भ्यूज कमाउने गरेका उदाहरण छन् ।
फिल्म ‘मेला’ को लोक लयको गीत ‘परिचय पाउँ’ माथि भने एक वर्षमा करोड बढीको नजर परेको छ । भिडियोमा नायिका पवित्रा आचार्यसँग नायक गजित विष्टले ठुम्का लगाएका छन् भने सलोन बस्नेत र अशिष्मा नकर्मी पनि फिचरिङ छन् । गीतमा अञ्जु पन्त र रामचन्द्र काफ्लेको स्वर छ ।
अर्जुन पोखरेलको संगीत रहेको गीतमा दिग्गज धौरालीको शब्द सुन्न सकिन्छ । गीतको कोरियोग्राफर पवित्रा आफै हुन् । फिल्मलाई बसन्त निरौलाले निर्देशन गरेका हुन् । आमेश भण्डारीको पनि अभिनय रहेको मनोज के मरोडिया निर्मित यो फिल्म बक्सअफिसमा औसत रहेको थियो ।
प्रकाशित मिति : बुधबार, मंसिर १२ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्