काठमाडौं : प्रदेश कमिटिका सदस्यहरुको नामावली टुंगाउँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको बुधबार बेलुकी बसेको बैठकले प्रदेश कमिटीका सदस्यहरूको नामावली टुंगो लगाएको छ।
बैठकले प्रदेश कमिटीका सदस्यहरूको नामावली टुंगो लगाएको बैठकपछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकले सदस्यहरूको नामावली टुंगो लगाएता पनि सदस्यहरूको पूर्ण विवरण भने बिहीबार मात्रै सार्वजनिक गर्ने निर्णय भएको उनले बताए।
नेकपाले यसअघि प्रदेश कमिटीका अध्यक्ष, सचिव, इञ्चार्ज, सहइञ्चार्ज तोकिसकेको छ। त्यस्तै आगामी बैठकले केन्द्रीय समितिका सदस्यको कार्यविभाजन, जनवर्गीय संगठनको एकीकरण, जिल्ला समितिको मुख्य नेतृत्व टुंगो लगाउने प्रवक्ता श्रेष्ठले जानकारी दिए। तर नेकपाले आगामी बैठकको मिति, समय भने तोकिएको छैन।
प्रकाशित मिति : बुधबार, मंसिर १२ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्