प्रधानमन्त्री निवास वालुवटारमा जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली अनुपस्थिति हुनु भएको छ । गत बुधबार बसेको बैठकको उद्घाटन सत्रको दिन आफ्नो धारणा राखिसक्नु भएका ओलीले आजको बैठकको सञ्चालन अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने जानकारी गराउँदै अनुपस्थित रहनु भएको बताइएको छ ।
प्रधानमन्त्री ओलीले यस अघि पहिलो दिनको वैठकमा मुलुक सकसपूर्ण स्थितिबाट गुज्रिरहेको बताउँदै बैठकबाट आफुले स्वस्थ्य आलोचनाको आशा गरेको बताउनु भएको थियो । तर बैठकमा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधबकुमार नेपालले निरन्तर आक्रमण गर्नु भएपछि पार्टी भित्रकै असहयोगले आफु थप संकटमा परेको धारणा राख्नु भएको थियो ।
कोरोना संक्रमणदेखि लिएर सीमा समस्यासम्ममा सरकारले राम्रो काम गरिरहेको अवस्थामा पार्टी भित्रबाट भएको असहयोगले आफु चेपुवामा परेको प्रधानमन्त्री ओलीको गुनासो थियो । बैठकमा अर्का अध्यक्ष प्रचण्डले आफुले आलोपालो प्रणाली त्यागेर गल्ती गरेको महसुस भएको बताउँदै ओलीलाई कि प्रधानमन्त्री या पार्टी अध्यक्ष मध्ये एक पद त्याग्न प्रस्ताव गर्नु भएको थियो ।
प्रधानमन्त्री ओलीको उपस्थिति वेगर बस्ने बैठक पूर्व निर्धारित एजेण्डामा छलफल गर्ने बताइएको छ । बैठकमा कोरोना भाइरस नियन्त्रणमा सरकारको भूमिका, सीमा समस्या र समाधान , अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी लगायतको विषयमा छलफल हुने बताइएको छ ।
प्रकाशित मिति : शुक्रबार, असार १२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्