दैनिक १ हजार ५ सय च्याउ उत्पादन गर्ने लक्ष्य सहित स्पिन्जर च्याउ ब्लकको सार्वजनिक सुनुवाई

दैनिक १ हजार ५ सय च्याउ उत्पादन गर्ने लक्ष्य सहित स्पिन्जर च्याउ ब्लकको सार्वजनिक सुनुवाई

कञ्चन

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्पिन्जर च्याउ ब्लक,कञ्चन १,रुपन्देहीको आयोजनामा सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । स्पिन्जर च्याउ ब्लक संचालक समिति,कञ्चन १,रुपन्देही र कृषि ज्ञान केन्द्र नवलपरासीको संयुक्त साझेदारी कार्यक्रममा संचालन भएको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको कार्य सम्पादन पश्चात स्पिन्जर च्याउ ब्लक संचालनको उद्धेश्य,लक्ष्य,लागत खर्च र आम्दानी,उत्पादन लक्ष्य लगायतबारे जानकारी गराउने उद्धेशयका साथ सार्बजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको हो ।

spinger4.jpg

सार्बजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले आगामी बर्षको नीति तथा कार्यक्रम र बजेटमा भौतिक पुर्वाधारलाई भन्दा कृषि क्षेत्रलाई प्राथमिकता दिई बजेटको ब्यबस्थापन गरिएको बताउदै नोवल कोरोना भाइरसका कारण बैदेशिक रोजगार गुमाएर घर आएका कञ्चनका युवाहरुलाई कृषिमा आकर्षण गर्न र कृषिमा आत्म निर्भर गराई स्वरोजगार बनाउन अनुदान सहितको बजेट ब्यबस्थापन गरेको हुदा अव कञ्चनका हरेक किसानहरु कृर्षिमा लगानी गरी कृर्षि उतपादनमा लाग्न अनरोध गर्नु भएको छ।

spinger3.jpg
बिगतमा जस्तो किसानहरुले उत्पादन गरेका कृषिजन्य उत्पादनहरु भण्डारणको अभावले कुहिएर खेर जान नदिनको लागि गैडहवाको सूर्यपुरामा सितभण्डार निर्माणलाई तिब्रता दिइएको बताउदै अध्यक्ष क्षेत्रीले यदि स्वरोजगार र आत्म निर्भर बन्ने हो भने नेपालको लागि कृषि नै उपयुक्र्त क्षेत्र भएको र कृर्षिलाई आधुनिकीकरण गर्नको लागि अनुदान सहितको कृर्षि सामाग्री उपलब्ध गराउने गाउपालिकाको नीति तथा कार्यक्रम रहेको बताउनु भएको छ।
यस्तै गाउपालिकाका उपाध्यक्ष गोमा तरामुले रोजगारकै लागि युवाहरु बिदेशिनु नपर्ने तर युवाहरुले स्वदेशमै केही गर्छु भन्ने संकल्पका साथ कृर्षि क्षेत्रमा लगानी गर्ने र बिदेशमा बगाउने श्रम र पसिना स्वदेशमै श्रम र पसिना बगाउन सके देशमा उत्पादन क्षमता पनि बढ्ने र किसानहरु आत्म निर्भर बन्न सक्ने बताउनु भएको छ।

spinger.jpgस्पिन्जर च्याउ ब्लक पनि एकाएक ठूलो किसानमा परिणत नभएको र ब्लक बन्नमा स्पिन्जर च्याउ ब्लकका संचालकले निकै धेरै मेहनत र लगानी गरेको बताउदै उपाध्यक्ष तरामुले केही गर्न र बन्नको लागि आफैबाट शुरुवात गर्नु पर्नेमा जोड दिनु भएको छ ।
कञ्चन गाउपालिका कृर्षि शाखा प्रमुख मगरेपाल गडरियाले कञ्चनका किसानहरुले कृर्षिमा लगानी गर्न चाहेमा कृर्षि शाखाको क्षमता अनुसार आब्वस्यक सहयोग गर्ने र कृर्षि क्षेत्रमा देखिएको प्राबिधिक समस्यालाई पनि समाधानको प्रयास गरिने तर त्यसको लागि किसानहरुले आफ्ने समस्या सम्बन्धित प्राबिधिकहरुलाई सूचना गर्नु पर्ने बताउनु भएको छ।
कार्यक्रममा कञ्चन जेसीजका संस्थापक अध्यक्ष चुडामणी पौडेल, स्वाधिन तरकारी पकेटका बाबुराम आचार्य, हिमालयन हनिकम मौरी पकेटका संयोजक मान बा। पुन, सहकारी संजाल कञ्चन अध्यक्ष राधिका चौधरी, समाज सेवि शालिकराम पौडेल लगायतले कञ्चनमा कृर्षिका लागि उर्वर भुमि भएको र उर्वर भुमिमा किसानहरुले लगानी र मेहनत गरे राम्रो उत्पादन भई आत्मनिर्भर बन्न सकिने र किसानहरुका लागि गाउपालिकाले पनि राम्रो लगानी गर्न लागेकोमा खुशी ब्यक्त गर्दै स्पिन्जर च्याउ ब्लकका संचालक समितिलाई बधाई र लक्षित उद्धेश्य प्राप्तीको शुभकामना ब्यक्त गर्नु भएको थियो ।

spinger.jpg
स्पिन्जर च्याउ बलकका संचालक तथा कृषि उधमी गंगाधर शर्माले हिजो सानो छाप्रोबाट थोरै च्याउका डल्लाबाट शुरु गरेको स्पिन्जर च्याउ ब्लकले रुपन्देहीमा मात्र नभएर देशभर नै आफ्नो ब्राण्ड बनाउन सफल हुनुमा कञ्चनवासी कृषक र उपभोक्ताहरुको ठूलो सहयोग र सुभेक्षा रहेको बताउनु भएको छ। आज स्पिन्जर च्याउ ब्लक सानो छाप्रोबाट पकेट,पकेटबाट ब्लकमा परिणत भई दैनिक रुपमा १ हजार देखि १ हजार ५ सय किलो च्याउ उत्पादन गरी दैनिक दश हजार आम्दानी गर्ने लक्ष्यका साथ स्पिनजर च्याउ बलक र कृर्षि ज्ञान केन्द्रको ५०५० प्रतिशत साझेदारीमा लगानी गर्न सम्भव भएको बताउदै स्पिन्जर च्याउ ब्लकका संचालक गंगाधर शर्माले यस ब्लकमा दैनिक ४० देखि ५० जनालाई दैनिक ज्यालादारीमा रोजगारी दिन सम्भव भएको बताउनु भएको छ।

spinger5.jpg
स्पिन्जर च्याउ पकेटलाई ब्लकमा परिणत गर्दा कृषि ज्ञान केन्द्रको ४० लाख र ब्लकको ४० लाख रुपैया साझेदारी भएपनि ब्लकको पुर्वाधार तयार गर्दा करिब १ करोड २७ लाख खर्च भएको र यो प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना १० बर्षको समयावधी रहेको बताउनु भएको छ । अव स्पिन्जर च्याउ ब्लकबाट दैनिक १ हजार ५ सय किलो च्याउ उत्पादन गरी दैनिक १ लाख रुपैया आम्दानी गर्ने लक्ष्य लिएको र ब्लकमा दैनिक ज्यालादारीमा काम गर्नको लागि पनि थप कामदारको रोजगारको सृजना हुने बताउनु भएको छ।
स्पिन्जर च्याउ ब्लक संचालक गंगाधर शर्माको अध्यक्षतामा समपन्न सार्बजनिक सुनुवाई कार्यक्रमको संचालन ब्लक संचालक राजन शर्माले गर्नु भएको थियो ।

प्रकाशित मिति : शनिबार, असार १३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij