नेकपा एमालेका सचिव मदन भण्डारीको ६९ औँ जन्मजयन्ती आज मनाइँदै

नेकपा एमालेका सचिव मदन भण्डारीको ६९ औँ जन्मजयन्ती आज मनाइँदै

काठमाण्डौ  तत्कालीन   नेकपा एमालेका सचिव मदन भण्डारीको ६९ औँ जन्मजयन्ती आज मनाइँदैछ ।

मदन भण्डारी फाउण्डेसन र नेकपा निकट संस्थाहरूले आज विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाउँदैछन् । भण्डारीको जन्मजयन्ती भएका कारण आज बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक पनि स्थगित गरिएको छ ।

भण्डारीको जन्म २००९ असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो । कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि ‘जनताको बहुदलीय जनवाद ९जबज० को सिद्धान्त प्रतिपादन गरी लोकप्रिय भएका भण्डारीको २०५० जेठ ३ गते दासढुंगामा निधन भएको थियो ।

जबजले शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा र आन्दोलनबाट जनताको क्रान्तिलाई प्राथमिकता दिएको छ । तीन वर्षअघि तत्कालीन एमाले र माओवादीबीचको एकतापछि पनि नेताहरु मण्डारीले नै प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद ९जबज०लाई नै पार्टीको मार्गदर्शक सिद्धान्तको रुपमा लागू गर्ने पक्षमा उभिएका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत पटकपटक सार्वजनिक रुपमै भण्डारीको सिद्धान्त समयसापेक्ष रुपमा लागू गर्नुपर्ने अभिव्यक्ति दिंदै आउनुभएको छ

प्रकाशित मिति : आइतबार, असार १४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij