स्याङ्जामा विभिन्न घट्नामा परेर ३ जनाको मृत्यु

स्याङ्जामा विभिन्न घट्नामा परेर ३ जनाको मृत्यु

स्याङ्जा

स्याङ्जामा विभिन्न घट्नामा परेर ३ जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । अविरल बर्षाका कारण बाढी र पहिरोमा परेर दुई जनाको र एक जना मृत अवस्थामा फेला परेपछि ३ जनाको मृत्यु भएको हो । रुपन्देही घर भई वालिङ ७ केवरेमा दिदिको घरमा बस्दै आएका बर्ष २२ का लोकबहादुर थापा दमाई गए राती पुलबाट खसेर खोलाले वगाएर मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शब वालिङ ६ मिर्दिखोलामा फेला परेको थियो । शबको पोष्टमार्टम गरी परिवारलाई बुझाउने तयारी भएको प्रहरीले जनाएको छ ।

अत्यधिक बर्षाकारण गए राती आएको पहिरोले घर पुरेपछि गल्याङ नगरपालिका ९ साङलियमा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । पहिरोमा परेर ४९ बर्षिय यमबहादुर विकको मृत्यु भएको हो । श्रीमान श्रीमती एकै ठाउमा सुतेको बेला राती पहिरोले घर पुरिदा श्रीमानको मृत्यु भएको थियो भने श्रीमति घाईते फुलमाया विकलाई उपचारका लागि पाल्पा लगिएको वडा अध्यक्ष हरी खनालले जानकारी दिए । घटना घटे लगत्तै गाउलेले उद्घारगरि गल्याङ सामुदायिक हस्पिटल ल्याएका थिए । उपचारका लागि गल्याङ नगर अस्पतालमा ल्याइएको दुवै मध्ये यमबहादुरको मृत्यु भएको थियो । यमबहादुरको शवलाई हाल सामुदायिक हस्पिटलमा राखिएको छ भने घाइतेलाई उपचारको लागि पाल्पा पठाइएको वडा अध्यक्ष खनालले जानकारी बताए ।

यता पुतलीबजार नगरपालिका १३ चिलाउनेखर्कका ६९ बर्षिय कुलबहादुर थापा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख विमलराज कणेलले जानकारी दिए । वडा कार्यालयबाट सुन्तलाका विरुवा लिएर घर तर्फ जादै गरेका थापा बायाखोला छहरामा घोप्टो परेको अवस्थामा फेला परेका थिए । उनको पनि पोष्टमार्टम गरी थप अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रहरी प्रमुख कणेलले बताए । अविरल बर्षका कारण चापाकोट ४ का लेखनाथ पौडेलको गोठ पहिरोले पुरेर क्षती पु¥याएको छ । मानवीय र पशुचौपायमा क्षती नभएपनि पहिरोले करिव १ लाख ५० हजार बराबरको क्षती पु¥याएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रकाशित मिति : आइतबार, असार १४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij