सञ्चारकर्मी एंव कलाकार अनिललाई पितृ शोक

सञ्चारकर्मी एंव कलाकार अनिललाई पितृ शोक

बुटवल – सञ्चारकर्मी एंव कलाकार अनिल पहाडीलाई पितृ शोक परेको छ । सोमबार रुपन्देहीको सैनामैनामा भएको सवारी दुर्घटनामा परि पहाडीका वुवा र दाजूको मृत्यू भएको थियो ।
मृतक वुवा ५० बर्षिय टेक बहादुर परियार र नेपाल प्रहरीमा कार्यरत प्रहरी जवान समेत रहेका दाजू ३० बर्षिय सन्तोष परियारको मंगलबार अन्त्येष्टि गरिएको छ ।
रुपन्देही सैनामैना १ वनकट्टा स्थित कर्साघाटमा हिन्दु संस्कार अनुसार सञ्चारकर्मी एंव कलाकार अनिलले दागबत्ती दिएका हुन । अन्तिम संस्कार संविधानसभा सदस्य विनोद पहाडी, प्रदेश सांसद कमलादेवी विश्वकर्मा, परियार सेवा समाज रुपन्देहीका अध्यक्ष लोक बहादुर नेपाली, नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रुपन्देहीका अध्यक्ष सुभाष परियार, राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रीय सदस्य विनोद परियार, संघका प्रदेश सचिव सञ्जय विश्वकर्मा, जिल्ला अध्यक्ष टंक सुनार, दलित अभियान्ता नर बहादुर सुनार लगायतको उपस्थिती रहेको थियो ।
अत्येष्टिमा सञ्चारकर्मी, कलाकार सहित स्थानीयहरुको ठूलो सहभागिता थियो । उक्त अवसरमा इलाका प्रहरी कार्यालय रन्यौराले मृतक प्रहरी जवान सन्तोष परियारको सम्मानका लागि सलामी अर्पण गरेको थियो ।
कपिलबस्तुबाट बुटवल तर्फ आउदै गरेको लु २ च ८५२९ नम्बरको कार र बिपरित दिशाबाट गइरहेका लु ५२ प ६२२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा दुर्घटना भएको थियो ।

प्रकाशित मिति : मंगलबार, असार १६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij