काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिसँग भेटेर बालुवाटार फर्किनुभएको छ । राष्ट्रपतिसँगको करिब ४० मिनेटको वार्तापछि ओली शितल निवासबाट बालुवाटार फर्किनुभएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।
आजै मन्त्रिपरिषद बैठक बस्दै छ । मन्त्रिपरिषदको बैठकअघि राष्ट्रिपतिसँग ओलीले परामर्श गर्नुभएको हो । नेकपा स्थायी कमिटी बैठक पनि बसिरहेको छ ।
पार्टीका शीर्ष नेताले ओलीको राजीनामा मागेपछि उहाँले राष्ट्रपति र आफू निकट नेताहरुसँगको भेट तीव्रवार्तालाई तिव्रता दिइनुभएको छ । आज बिहानमात्रै ओली पक्षका नेताहरुले अर्का अध्यक्ष पुष्पकमल दाहल प्रचण्डलाई भेटेका थिए ।
प्रकाशित मिति : बिहिबार, असार १८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्