कञ्चनमा एक दिने गाउघर क्लिनिक सुदृढीकरण अभिमुखिकरण गोष्ठी

कञ्चनमा एक दिने गाउघर क्लिनिक सुदृढीकरण अभिमुखिकरण गोष्ठी

कञ्चन
कञ्चनमा एक दिने गाउघर क्लिनिक सुदृढीकरण अभिमुखिकरण गोष्ठी समपन्न भएको छ।गाउघर क्लिनिकहरुमा देखा परेका समस्या,चुनौती र समाधानका उपायहरुका बारेमा छलफल सहित आगामी दिनहरुमा ब्यबस्थित र सुरक्षित रुपमा गरिने कार्य योजना निर्माण तथा तयारीका बारेमा जानकारी दिने उद्धेश्यका साथ गोष्ठी संचालन गरिएको हो ।
कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले गोष्ठिीमा सहभागि कञ्चन गाउपालिकाका स्वास्थ्यकर्मी र जनप्रतिनीधिहरु,स्वास्थ्यचौकी ब्यबस्थापन समितिका अध्यक्ष,आधारभुत स्वास्थ्य केन्द्र ब्यबस्थापन समितिका अध्यक्षहरुलाई सम्बोधन गर्दै कञ्चनवासीको स्वास्थ्य भन्दा ठूलो कुनै धन सम्पत्ती नहुने भएको हुदां स्वास्थ्यकर्मीहरुले आम नागरिकको स्वास्थ्य प्रतिको महत्वपुर्ण जिम्मेवारी बहन प्रति धन्यबाद ब्यक्त गर्नु भएको छ । अध्यक्ष क्षेत्रीले प्रत्येक महिना कञ्चनमा रहेका बिभिन्न गाउघर क्लिनिकमा स्वास्थ्यकर्मीहरु गई नियमित स्वास्थ्य जांच गरिरहंदा कञ्चनवासीको स्वास्थ्यमा सकारात्मक सुधार हुने भएकोले बर्तमान बिषम परिस्थितीमा देखा परेको कोरोना भाइरसको संक्रमणको जोखिमको समयमा पनि अग्रभागमा रहेर कार्य गर्दै आइरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको पनि सह्रना गर्दै आगामी समयमा पनि सुरक्षा अपनाई गाउघर क्लिनिकमा उपलब्ध श्रोत साधनको उपयोग गरी गाउघर क्लिनिक संचालन गर्नु पर्नेमा जोड दिनु पर्नेमा जोड दिनु भएको छ ।
यसैगरी कञ्चन गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पन्थीले गाउघर क्लिनिकमा कञ्चनवासीको नियमित स्वास्थ्य जाँचको लागि आवस्यक पर्ने गाउपालिकामा उपलब्ध भौतिक श्रोत साधनहरुको कमी हुन नदिने र आम नागरिकहरुको स्वास्थ्य जाँचमा कुनै हेलचेक्र्याई नगरी संयम र नम्र ब्यबहार देखाउनु पर्नेमा जोड दिनु पर्ने बताउनु भएको छ । स्वास्थ्य जस्तो सम्बेदनशिल बिषयहरुमा अनुभव र सैद्धान्तिक ज्ञान संगसंगै मित्रवत ब्यबहारको आवस्यक पर्ने बताउदै स्वास्थ्यकर्मीहरुलाई आवस्यक पर्ने आवस्यक तालिम र श्रोत साधनहरुलाई निरन्तरता दिइएने बताउनु भएको छ ।
कञ्चन गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमले गोठिीको सहजिकरण गर्दै स्वास्थ्यकर्मीहरु सेवामा आधारित पेशा भएकोले जनताको स्वास्थ्य सेवाका लागि कार्यस्थलमा हुन सक्ने समस्या र चुनौतीको पहिचान गरी स्थानियतहमै समाधानका उपायहरुमा समेत छलफल गर्नु पर्ने र स्थानियतहमा हुन सक्ने समाधानका उपायलाई स्थानिय तहमै समाधान गर्न प्रयत्न गर्नु पर्ने र स्थानियतहमा समाधान हुन नसक्ने समस्याहरुलाईलाई गाउपालिका र स्वास्थ्य शाखामा जानकारी दिनु पर्ने बताउनु भएको छ ।
गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीको अध्यक्षतमा संचालन भएको गोष्ठीमा गाउपालिकाका उपाध्यक्ष गोमा तरामुको समेत सहभागी रहेको थियो भने कार्यक्रम गाउपालिकाको सभाहलमा भएको थियो ।
गोष्ठीमा गाउघर क्लिनिक सुदृढीकरणका लागि देखा पर्ने समस्या र चुनौतीका बारेमा छलफल गरी समाधानका उपायहरुका बारेमा समेत छलफल गरिएको थियो भने आगामी दिनहरुमा गरिने कार्ययोजनाहरुका बारेमा छलफल गरिएको थियो । कञ्चन गाउपालिकामा कञ्चन ५ को पिपरीचापा,कञ्चन ४ को अस्नैया र बेलडाडा,कञ्चन ३ को झारगैरा,कञ्चन २ को मटेरिया र कञ्चन १ को लौसा र बेलभरिया गरी ७ वटा गाउघर क्लिनिकहरुमा हरेक महिनाको २१,२२,२३ र २४ गते दुई दुई जना स्वास्थ्यकर्मीहरुले महिलाहरुको गर्भावस्था,सुरक्षित मातृत्व,बाल स्वास्थ्य लगायत स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन ।

प्रकाशित मिति : शनिबार, असार २० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij